अभिनेत्री जाह्नवी कपूरको बेडरुम फोटोसुट, सामाजिक सञ्जालमा भाइरल हुँदै !

बलिउड क्षेत्रमा उदाउँदै गरेकी अभिनेत्री जाह्नवी कपूर पछिल्लो समयमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । त्यस्तै पछिल्लो समयमा अभिनेत्रीले बेडमा सुतेर लिएको तस्वीरको कारण चर्चामा आएकी छिन् ।

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी प्यारी छोरी तथा बलिउड अभिनेत्री जाह्नवी कपूरको सुन्दरतामा मोहित नहुने सायदै कमै होलान् । अभिनेत्री आफ्ना फ्यानसँग जोडी रहनको लागि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । यति बेला अभिनेत्रीले बेडमा सुतेर सुट गरिएको केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा जाह्नवी कपूर आफ्नो बेडरूम फोटोसुट फ्यानसँग सेयर गरेकी छिन् । यी तस्वीरहरुमा उनी सेतो पोसाक लगाएर बेडमा विभिन्न पोज दिइरहेकी छिन् ।

अभिनेत्रीको र्कफ्र-न्टको कुरा गर्दा उनलाई लगातार धेरै फिल्मबाट अफर आइरहेको छ । उनी चाँडै करण जौहरको फिल्म ‘दोस्ताना २’ मा देखिनेछिन् । यसबाहेक उनी ‘गुड लक जेरी’ र ‘मि-स्टर एन्ड मि-सेस माही’  मा पनि देखिने भएकी छिन् । जाह्नवीका फ्यानहरू उनलाई फेरि पर्दामा हेर्न निकै उत्साहित छन् ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देशभक्ति र राष्ट्रप्रेमले ओतप्रोत छन् यी नेपाली फिल्म, फिल्म हेर्नुभएमा उमाल्छ तपाईको रगत