यी ४ राशिको कुण्डलीमा बन्दै कालसर्प योग, हुनेछ निकै अशुभ !

ज्योतिष शास्त्रका अनुसार २०२२ को अप्रिलमा धेरै ठूला ग्रहहरूले लामो समयपछि राशि परिवर्तन गर्दैछन्। अप्रिलमा बृहस्पति, शनि र राहु-केतुको राशि परिवर्तन हुँदैछ। राहुले वृष र केतु वृश्चिक राशिमा गोचर गर्नेछ। कालसर्प योग ३१ डिसेम्बर २०२१ शुक्रबार बिहान ५ बजे देखि सुरु भएको थियो, जुन अहिले पनि चलिरहेको छ। काल सर्प दोष चन्द्रमाले भंग गरेको छ।

चन्द्रमा राहुको अगाडिबाट जाँदा काल सर्प योग भङ्ग हुनेछ। जसपछि यसको असर कम हुनेछ। १३ जनवरीमा कालसर्प योग खण्डित भएको थियो। जुन १४ देखि १५ दिनसम्म खण्डित रह्यो र त्यसपछि यो योग २७ जनवरी २०२२ बिहीबारदेखि पुनः सुरु भयो, जुन अब आइतबार २४ अप्रिल २०२२ सम्म रहनेछ।

त्यसपछि यो पूर्ण रूपमा समाप्त हुनेछ। यस्तो अवस्थामा यस वर्ष ४ राशिका व्यक्ति कालसर्प योगको छायामा रहनेछन्। २४ अप्रिल सम्म सतर्क रहनुपर्नेछ।

वृष राशि

कालसर्प योगले तपाईंको राशिका लागि समस्या सिर्जना गर्न सक्छ। आकस्मिक दुर्घटनाबाट सजग रहनु होला। आमाको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। कालिका देवीको पूजा गर्नुहोस् र खानपानमा पनि ध्यान दिनु पर्दछ।

कन्या राशि

तपाईंका लागि यो योगलाई विषजस्तै मानिन्छ, तर नशा गर्नु हुन्न भने तपाईं डराउनु पर्दैन। खानपानमा सजग भएर आफ्नो काममा मात्र ध्यान दिनुपर्छ र माता दुर्गाको पूजा गर्नुपर्छ।

वृश्चिक राशि

तपाईंको लागि यो अवस्थाले मनको बेचैनी र भावना बढाउन सक्छ। डिप्रेसनले तपाईंलाई थिच्न सक्छ। मानसिक रूपमा बलियो रहन धार्मिक कार्य वा ध्यान गर्नुपर्छ। हनुमान चालिसा पाठ गर्नुहोस्।

मीन राशि

यो स्थिति तपाईंका लागि अशान्त रहन सक्छ। तपाईको मन र दिमागलाई हल्लाउने घटना हुन सक्छ। यसबाट बच्नको लागि, तपाईंले धैर्य राख्नुपर्छ, आफ्नो निधारमा केसरको तिलक लगाइरहनुहोस् र हनुमान चालिसाको पाठ गर्नुहोस्।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केतुको राशि परिवर्तन: ७ राशिको जीवनमा आउनेछ अनेक समस्या, यस दिनबाट रहनुहोस् सावधान!