सुटिङ सुरु भएलगत्तै ३५० करोड भारुमा बिक्यो रामचरणको आउँदो फिल्म, जी स्टुडियोले मार्यो बाजी

एजेन्सी : दक्षिण भारतीय चलचित्र उद्योगका प्रसिद्ध अभिनेता राम चरण निर्देशक एस.एस. राजामौलीको ‘आरआरआर’ रिलिज भएपछि निर्देशक शङ्करले आफ्नो आगामी फिल्मको रिलिज घोषणा गर्नेछन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार जुन फिल्मको नाम ह्यासट्यागआरसि१५(#RC15) हुने बताईको छ। यो फिल्मलाइ चर्चित निर्माता दिल राजुले निर्माण गर्दैछन्। दिल राजु र राम चरणको आउँदो फिल्म #RC15 अर्को वर्ष मकर संक्रान्तिमा रिलिज गरिने खबरहरु बाहिरिएका छन्। हालै बाहिरिएको खबरअनुसार जी स्टुडियोले यो फिल्मको निर्मातासँग ३५० करोड रुपियाँ सम्झौता गरेका छन्।

चलचित्रसँग सम्बन्धित स्रोतले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार रामचरण र शंकरको आगामी फिल्म  एक मेगा बजेट पोलिटिकल ड्रामा फिल्म हुनेछ, जुन विभिन्न भाषामा एकैसाथ रिलिज हुनेछ। अहिलेदेखि नै फिल्मको लागि दर्शकको क्रेज देखेर जी स्टुडियोले निर्मातासँग हात मिलाएको बताईएको छ। जी स्टुडियोले #RC15 हिन्दी भर्जनको स्याटेलाइट, डिजिटल र थियट्रिकल राइट्स ३५० करोड भारुमा खरिद गरिसकेको छ। यससँगै जी स्टुडियोले फिल्मलाई विभिन्न भाषामा वितरण गर्नेछ।

रामचरणले फिल्म #RC15 को पहिलो शेड्युल पूरा गरिसकेका छन् र छिट्टै दोस्रो शेड्युलको छायांकन सुरु हुनेछ। यो चलचित्र २०२२ को जुन सम्ममा पूरा हुनेछ, त्यसपछि निर्माताहरु करिब ६ महिना पोस्ट प्रोडक्सनमा व्यस्त हुनेछन् ।  फिल्ममा कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा छिन्। #RC15 र ‘इन्डियन २’ को सुटिङ सकिएपछि, निर्देशक शंकरले अभिनेता रणवीर सिंहसँग ‘अपरिचित’ को हिन्दी रिमेक सुरु गर्नेछन्। शंकर र रणवीर सिंहले केही समयअघि यो फिल्मको घोषणा गरेका थिए ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१६:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिकटक स्टार समिक्षा बस्नेतको हेरिरहुँ लाग्ने लोभलाग्दो रुप, सार्वजनिक गरिन् अहिलेसम्म नदेखिएको तस्वीर