साहस, ऊर्जा, जमिन, विवाहको कारक ग्रह मंगल २६ फेब्रुअरीमा राशी परिवर्तन गर्दै छन् । मंगल ग्रहको यस राशि परिवर्तन निकै ठूलो परिवर्तन हुने भएको छ । यसको प्रभाव सबै राशिमा पर्ने भएको छ । केही राशिमा शुभ प्रभव पर्ने भएको छ । भने केही राशिमा अशुभ प्रभाव पर्ने भएको छ ।
मंगल ग्रहको कृपा भएका वा कन्या राशिका स्वामी मंगल ग्रहको मित्र हुनेहरूका लागि यो परिवर्तन राम्रो हुनेछ तर ३ राशि भएकाहरूका लागि मंगलको यो राशि परिवर्तन कष्टदायी साबित हुने भएको छ । जान्नुहोस् कुन राशिका व्यक्तिका लागि यो राशि परिवर्तन अशुभ हुनेछ ?
कर्कट राशि
कर्कट राशिका लागि मंगलको यो गोचर उपयुक्त छैन। यो परिवर्तनले यस राशिका मानिसको जीवनमा वैवाहिक, साझेदारी र करियरमा कठिनाइ ल्याउनेछ। साझेदारी सम्बन्धी निर्णयहरु केही समय स्थगित गर्नु राम्रो हुनेछ। आफ्नो जीवनसाथीलाई पनि बुद्धिमानीपूर्वक व्यवहार गर्नुहोस्।
धनु राशि
धनु राशिका व्यक्तिहरुको लागि मंगल ग्रहको गोचरले आर्थिक स्थितिमा प्रभाव पार्नेछ । यस समयमा सम्पत्ति सम्बन्धी विवाद हुनसक्छ वा पुरानो विवादले फेरि टाउको दुखाउन सक्छ। कुनै पनि बहसलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने प्रयास गर्नु राम्रो हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। यस समयमा ऋण दिएको पैसा फिर्ता हुने छैन।
कुम्भ राशि
कुम्भ राशिका लागि यो समय ठीक छैन, यस समयमा महत्त्वपूर्ण निर्णयहरू नगर्नुहोस्। यस समयमा कुनै ठूलो सम्झौतालाई फाइनल नगर्नुहोस्। कार्यक्षेत्रमा उच्च-अधिकारीसँग मन मुटावको स्थिति उत्पन्न हुनसक्छ। लामो यात्राहरू हुनेछन् तर त्यसबाट विशेष लाभ हुने छैन। यो समय धैर्यतापूर्वक लिनु र झगडाबाट टाढा रहनु राम्रो हुनेछ।