पछिल्लो समयको चर्चित प्र्याकंस्टर आकाश सेढाई पक्राउ परेका छन् । सार्वजनिक स्थलमा प्र्याकंको नाम विभिन्न गतिविधि गर्दै आएका ‘‘नेपाली प्र्यांकस्टर’ नाम युट्युब च्यानल चलाउँदै आएका आकाश सेढाई काठमाण्डौ जिल्ला अदालतबाट अनुमिति लिई गत मंगलबार पक्राउ गरिएको छ ।
सार्वजनिक स्थलमा प्र्याकंका नाममा विभिन्न विषयमा सर्वसाधारण मानिसलाई शारीरिक तथा मानसिक तनाव दिने र अरुको गोप्य भिडियो सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गर्दै आएको कारणले आकाशलाई पक्राउ गरेको साइबर ब्यूरोले बताएको छ । आकाश हाल भक्तपुरको कौशलटार बस्दै आएका थिए । (यस प्रकार छ साइबर ब्युरोले निकालेको प्रेस विज्ञप्ति)
प्र्याकंस्टर आकाश सेढाईले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको हुँदा उनलाई गत मंगलबार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति लिई पक्राउ गरी ७ दिने म्याद थाप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।