एजेन्सी : बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त पति रितेश सिंहबाट अलग भएकी छिन्। बिग बोस १५ मा रितेश पहिलो पटक सार्वजनिक रुपमा देखा परेका थिए। शोबाट निस्किएको केही समयपछि दुवै अलग्गिए। राखी सावन्तले एक पोस्ट लेखेर यसबारे जानकारी दिँदा सबै छक्क परेका थिए। उनले अन्तर्वार्तामा पनि आफ्नो पीडा पोखेकी छिन्। हालै राखी पापाराजीहरुका अगाडी रितेशबारे बोल्दै रोएकी छिन्। उनले आफ्नो दिलमा अझैँ पनि रितेशको लागि ठाउँ रहेको बताउँदै आफू कमजोर नभएको बताइन् ।
एक अर्को भिडियोमा राखी भन्छिन्, ‘म कमजोर छैन। देशका सबै जनताहरुलाई धेरै-धेरै माया। मिडियालाई पनि धेरै माया। म तिमीलाई प्रेम गर्छु, रितेश…मेरो मुटु तिम्रै लागि धड्किन्छ।’ यति भन्दै राखी रुन थाल्छिन्। उनले थप भने, ‘मलाई माफ गर्नुस्, यो मेरो गल्ती हो। धन्यवाद।’
रितेश ‘बिग बोस’ मा प्रवेश गरेपछि एक महिलाको भिडियो सार्वजनिक भएको थियो। बिहारकी ती महिलाले आफूलाई रितेशकी श्रीमती भएको बताउँदै आफूहरुको सम्बन्धविच्छेद नभएको बताएकी थिईन्। यसबाहेक महिलाले घरेलु हिंसाको आरोप पनि लगाएकी थिइन्।