काठमाडौँ : ज्योतिष शास्त्रमा शनिदेवलाई न्यायप्रेमी र कर्मफलदाता मानिन्छ। यदि कुण्डलीमा शनिदेव शुभ स्थानमा विराजमान भए त्यसले व्यक्तिलाई सबै सुखसुविधा प्रदान गर्दछ। शनिलाई सबैभन्दा सुस्त गतिको ग्रह मानिन्छ। यो लगभग साढे दुई वर्षमा एक राशिबाट अर्को राशिमा गोचर गर्छ। शनिको राशि परिवर्तनसँगै केही राशिमा शनि ढैय्या र शनि साढे साती सुरु हुन्छ। शनि गोचरसँगै कुन राशिले शनिको साढे साती र शनि ढैय्याबाट मुक्ति पाउनेछन् ? हेर्नुस्।
शनिले सन् २०२० जनवरी २४ तारिखको दिन राशि परिवर्तन गरेको थियो। हाल शनि मकर राशिमा विराजमान छ। शनि मकर राशिमा हुँदा धनु, मकर र कुम्भ राशिमा शनिको साढे साती चलिरहेको छ। मिथुन र तुला राशिमा शनि ढैय्या चलिरहेको छ। धनु राशिका लागि शनिको साढे सातीको अन्तिम चरण चलिरहेको छ। मकर राशिमा दोस्रो र कुम्भ राशिमा शनिको साढे सातीको पहिलो चरण चलिरहेको छ। धार्मिक मान्यता अनुसार शनिको साढेसातीको दोस्रो चरण अत्यन्तै कष्टदायी मानिन्छ।
शनिदेव सन् २०२२ अप्रिल २९ तारिखमा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। शनिको राशि परिवर्तन भएसँगै धनु राशिका व्यक्तिहरुमा शनिको साढे सातीको प्रभाव समाप्त हुनेछ। मिथुन र तुला राशिका जातकलाई शनि ढैय्या समाप्त हुन्छ। १२ जुलाई सन् २०२२ मा शनि वक्री हुँदा शनि पुरानै स्थितिमा फर्किनेछ। मिथुन, तुला र धनु राशिका जातकहरुबाट सन् २०२३ जनवरी १७ तारिखदेखि शनिको प्रभाव पूर्ण रुपमा समाप्त हुनेछ।