अहिले व्यस्त समय दिन दौड धुपले नै मन दिमागलाई थकित बनाउन पर्याप्त छ। साथै तनाव, पर्याप्त निद्राको कमीले पनि स्मरण शक्ति घटाउनमा कुनै कसर बाँकी राख्दैन । जसको कारण अहिलेको समयमा सबैलाई बिर्सने समस्याले सताएको छ। पछिल्लो समयको तीव्र गतिमा बढ्दो प्रतिस्पर्धाले मानिसको दिमाग छिटो चलाउनु पर्छ र ऊ धेरै बुद्धिमान हुन् आवश्यक भएको छ ।
यस्तो अवस्थामा तेज बुद्धि र राम्रो स्मरण शक्ति प्राप्त गर्नका लागि बदाम खान भनिन्छ तर यति मात्रै खानु पर्याप्त हुँदैन । ज्योतिष शास्त्रमा यसका लागि केही विशेष उपायहरू बताइएका छन्, जुन धेरै प्रभावकारी छन्। बुध ग्रह बुद्धि, तर्क र संवादको कारक हो। जब कुनै पनि मानिसमा बुध ग्रहको कृपा हुन्छ तब त्यस मानिस तेज दिमागको मालिक हुने गर्दछ ।
त्यस्तै जब कुनै मानिसको कुण्डलीमा बुध ग्रह कमजोर हुन्छ भने यसको ठिक विपरीत परिणाम दिन्छ । त्यसैले बौद्धिकता र स्मरण शक्ति बढाउनका लागि बुद्धको कुनै एक मन्त्र ‘ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः’, ‘ॐ बुं बुधाय नमः’ या ‘ॐ ऐं श्रीं श्रीं बुधाय नमः मन्त्र मध्ये दैनिकी कुनै एक मन्त्रलाई १०८ पटक जापा गर्नुहोस् ।
जसको परिणाम केही दिनमा नै देख्न सकिन्छ । यस बाहेक दुर्गा सप्तशतीको मन्त्र ‘ओम ह्रीं क्लीं महासरस्वती देवाय नमः’ मन्त्रको जप गर्नाले पनि तीक्ष्ण बुद्धिको मालिक बनिने मान्यता रहेको छ ।
जीवनलाई सफल बनाउने अर्को ग्रह सूर्य पनि हो । यदि कुनै वृद्ध र सूर्य देवको कृपा भएको मानिस बुद्धिको बलमा जीवनमा उच्च पद पाउँछ। बुध र सूर्यको संयोजनले बुद्धादित्य योग बनाउँछ। त्यसैले जीवनका हरेक काममा सफलता पाउन बुधसँगै सूर्यको पूजा गर्नुपर्छ साथै सूर्यलाई दैनिक अर्घ दिनु पर्दछ ।