पहिले कुरुप थिए, पैसाको खोला बगाएर चौपट्टै राम्री बनेका हुन् यी अभिनेत्रीहरु

एजेन्सी- पैसा भने पछि धेरैको सोचाई एकै हुने गर्छ। जीवन बिताउनको लागि पैसा अपरिहार्य जस्तै भएको छ। आमा-बाबु बाहेक अरु सबै पैसाले किन्न सकिन्छ भने उक्ति पनि धेरैले सुन्नु भएकै होला। बलिउडलाई विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिन्ने गरिन्छ। ठूलो चलचित्र क्षेत्र भएको कारण बलिउडआ कलाकारहरु र गायकहरुले राम्रै अर्थार्जन गर्छन्। पैसाको बलमा कुरूपबाट सुन्दर बनेका केहि कलाकारहरुको बारेमा हामी यस लेखमा चर्चा गर्नेछौं।

नेहा कक्कर

बलिउडमा अहिले नेहा कक्करलाई धेरै चल्तीकी गायिकाको रुपमा चिन्ने गरिन्छ। उनले रियलिटी शो ‘इंडियन आइडल’बाट आफ्नो करियर शुरु गरेकी थिइन्। नेहालाई अहिले एक सुन्दर गायिकाको रुपमा लिने गरिन्छ। तर उनी पहिला अहिलेको जस्तो सुन्दर भने थिईनन्। राम्रो मेकअप र विभिन्न सर्जरीमा राम्रो पैसा खर्च गरेको कारण उनी अहिले सुन्दर देखिन्छिन्।

मानुषी छिल्लर

मिस वर्ल्ड भैसकेकी मानुषी छिल्लर पहिलाको तस्विर देख्दा सायदै कसैले उनलाई चिन्छ होला। पहिला उनी एक सामान्य युवती जस्तै देखिन्थिन्। साथै उनी अहिलेको जस्तो सुन्दर थिइनन्। मेकअप र विभिन्न सर्जरीको कारण उनी अहिले यती सुन्दर भएकी छिन् की उनी मिस वर्ल्ड समेत भैसकेकी छिन्। पैसाको बलमा सुन्दर भएको भन्दै उनलाई आरोप लाग्ने गरेको छ।

जरीन खान

जरीन खान अहिले जस्तो सुन्दर पहिला थिइनन्। सलमान खानसँग ‘वीर’ चलचित्रबाट डेब्यु गरेकी उनी पहिला धेरै मोटी थिइनन्। पैसा कमाउन थालेसँगै उनको सुन्दरता पनि बढेको छ। यदी उनीसँग पैसा थिएन भने अहिलेको जस्तो सुन्दर नहुनेमा कुनै शंकानै छैन।

सोनाक्षी सिन्हा

धनि परिवारकी छोरी भएता पनि सोनाक्षी पहिला धेरै मोटी थिइन्। बलिउडमा डेब्युको लागिनै उनले आफ्नो वजन कम गराएकी थिइन्। पैसा नभएको भए उनी पनि अहिलेको जस्तो सुन्दर देख्न सक्दैन्थिइन्।

शिल्पा शेट्टी

पहिला चलचित्रमा काम गर्दा धेरै काली देखिने शिल्पाऊ अहिले बलिउडकै धेरै सुन्दर नायिकाको रुपमा परिचित छिन्। उनले स्किन लाइटनिंग ट्रीटमेन्ट मात्र नभई नाकको सर्जरी पनि गराएकी थिइन्। शिल्पासँग पैसा नहुँदो हो त अहिलेको जस्तो सुन्दर हुदैन थिइन्।

दीपिका पादुकोण

बलिउडमा मात्र नभई हलिउडमा समेत आफ्नो जादू चलाइसकेकी दिपिका अहिले सुन्दरताको कारण धेरै चर्चित छिन्। तर उनका पहिलाका तस्विरहरु हेर्नेहो भने भने उनी अहिलेको भन्दा कम सुन्दर थिइन्। तर उनीसँग भएको पैसा खर्च गरेर अहिले उनी सबै भन्दा सुन्दर नायिका बन्न सफल भएकी छिन्।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बहिनीलाई बोकेर देखिएकी यी युवती आज बलिउडको शीर्ष स्थानमा छिन्, ध्यान दिएर हेर्नेले मात्र भन्न सक्छ !