फाल्गुन २ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – सोमवार ।।। नक्षत्र – पुनर्वशु , ११:५५ बजे उप्रान्त तिष्य ।।। तिथि – त्रयोदशी , २०:१३ बजे उप्रान्त चतुर्दशी ।।। करण – कौलव ७:२२ बजेदेखि तैतिल , २०:१३ बजे उप्रान्त भद्रा ।।। योग – आयुष्मान् , २१:४७ बजे उप्रान्त सौभाग्य ।।। फागुन ०२, २०७८, सोमवार ।।। 14 February, 2022 ।।। त्रयोदशी, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४४ ।।। सूर्यास्त(sunrise) – १७:५२३ ।।। कार्यक्रमहरू : शौभाग्यसूर्यदानं, प्रणय दिवस।। शुभ साइत : पास्नी गर्ने साइत, होम गर्ने साइत, रुद्री गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
परिश्रम बढी पर्ला तर त्यसको फल प्राप्ति भने साह्रै थोरैमात्र हुनेछ । व्यापारको क्षेत्रमा पनि घिस्रेरमात्र चल्ने समय छ । पेटमा केही गडबडी आउन सक्छ । त्यसैले खानपानमा सतर्क हुनुहोस् । आर्थिक सञ्चिती हुने समय हाल देखिँदैन ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मनमा अलि–अलि डर त लाग्ला तर बिग्रने समय भने छैन । साहसमा सामान्य कमीमात्रै देखापर्छ । शिक्षाको क्षेत्रमा परिश्रम बढाए निकै उपलब्धि होला । विशेषगरेर हाल तपाईंलाई सहयोग दिन भने मित्र र परिवारका सदस्य नै छन् ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
खर्च बढे पनि भोलिको दिनलाई नराम्रो भन्न सकिँदैन । रमाइलो कार्यक्रम हुनेछ र साथीहरूसँग भेटघाट भइरहला । हातले समातेको व्यवसायले अलि–अलि आर्थिक लाभ गराइरहला । शिक्षाको क्षेत्रमा पनि हाल त्यति नराम्रो छैन ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बढी खर्च होला । भोजभतेर र मङ्गल उत्सव गर्नकै लागि विशेष खर्च गर्नुपर्नेछ । व्यापार र व्यवसायको कामबाट गतिलै लाभ लिन सक्नुहुनेछ । तर, मित्र सहयोग भने हाल त्यति देखिँदैन । वैवाहिक काममा समेत अवरोध आएको अनुभव होला ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मध्यमखालको दिन छ । परिश्रम बढी नै होला । परिश्रमअनुसार केही आर्जन पनि गर्नुहुनेछ । मनको प्रवृित्त असल काम गर्नतिर गइरहेको छ । तर, सहयोग दिने व्यक्ति पाउन भने हाल कठिन छ । परिवारका सदस्यसित त्यति कुरा मिल्ने छैन ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिन निकै राम्रो देखिन्छ । गरेका कामहरू सरसर्ती बन्नेछन् भने आर्थिक लाभ पनि भइरहला । अकस्मात् खर्च बढ्नेछ । व्यापारतिर केही नयाँ क्षेत्रमा समेत लगानी हुने सम्भावना छ । भैरवको सेवाले सामुन्ने आएका बाधालाई हटाउन सकिएला ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
त्यति राम्रो समय छैन । असल काम गर्न खोज्दा पनि कठिनाइ आइरहनेछन् । नेतृत्व शक्ति त्यति फितलो नभए पनि कूटनीतिक प्रतिभा भने हाल देखिन्न । जागिरको काममा अनेकौँ अवरोध खडा हुन सक्छन् । पढाइ र लेखाइ चलिरहला ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
त्यति राम्रो छैन् । अनेकौँ बाधा आएर मनमा खिन्नता होला । मद्दत दिने थोरै र रिस गर्ने धेरै भएकाले समस्या थपिनै रहनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना त्यत्तिकै छ । गणेशको दर्शनको साथै गणेशलाई दुबोसमेत चढाउनुहोस् ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
घुमफिर बढी होला । तर, उपलब्धि भने थोरैमात्र हुनेछ । बाधा दिनेहरू धेरै भएकाले तिनीहरूसँग सङ्घर्ष गर्दागर्दै थाकिएला । शिक्षाको क्षेत्रमा नराम्रो छैन र खर्चको धेरै भाग पनि शिक्षातिर नै हुनेछ । परिवारबाट पाउनुपर्ने सन्तोष मिल्ने समय छैन ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
प्रशस्त वादविवाद र कठिनाइको सामना गर्नुपर्ला । त्यसैले थकानको अनुभव भइरहनेछ । पढाइमा धेरै समय दिन सक्नुहुने छैन । मित्रहरूको सहयोग भने मिलिरहला । जागिरदारका लागि समेत विशेष फल प्राप्ति हुने समय हाल देखापर्दैन ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
दिनलाई राम्रै रूपमा लिन सकिन्छ । पहिले आएका कठिनाइ र बाधा बिस्तारै घटेर जानेछन् । पारिवारिक समस्या पनि किनारा लाग्लाजस्तो छ । सन्तानसम्बन्धी समस्या भने निर्मूल हुने छैन । गणेशको आराधना गर्नाले त्यसलाई निराकरण गर्न सकिनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
स्वास्थ्यसम्बन्धी समस्या पर्ला तर त्यसमा सुधार हुने भएकाले मनमा प्रसन्नता होला । सामुन्ने आएको आर्थिक समस्यालाई बिस्तारै हटाउन सकिनेछ । आन्तरिक व्यापारभन्दा बाह्य व्यापारबाट फाइदा हुनेछ ।