एजेन्सी : अल्लू अर्जुनले प्राय: आफ्नी प्यारी छोरी अरहासँग रमाइलो गरेको तस्बिर तथा भिडियोहरु शेयर गरिरहन्छन्। हालै उनले अरहाको एक भिडियो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेका छन्। अहिले सामाजिक सञ्जालमा ‘काचा बदाम’ गीत निकै चर्चामा छ। यो गीतमा आम मानिसदेखि सेलिब्रेटीसम्म नाचिरहेका छन्। साउथ फिल्म स्टार अल्लू अर्जुनकी ५ वर्षीय छोरी अरहालाई यो गीत असाध्यै मन परेको छ।
अल्लू अर्जुनले शेयर गरेका भिडियोमा अरहाले ‘काचा बदाम’ गीतमा क्युट पारामा डान्स गरेकी छिन्। यो भिडियो शेयर गर्दै अल्लू अर्जुनले क्याप्सनमा लेखेकी छिन् – ‘मेरी सानो बदाम।’
अल्लु अर्जुनकी छोरी अरहा पनि गुणशेखर निर्देशित सामन्था रुथ प्रभु स्टारर फिल्म ‘शकुन्तलम’ मा देखिने छिन्। ५ वर्षीय अरहाले फिल्म ‘शकुन्तम’ मा ‘प्रिन्स भारत’ को भूमिका निर्वाह गर्नेछिन्।
View this post on Instagram