एजेन्सी : अहिले भ्यालेन्टाइन वीक चलिरहेको छ। आइतबार १३ फेब्रुअरीमा हरेक वर्षझैँ यो वर्ष पनि किस डे (Kiss Day) मनाइन्छ। बलिउडमा पनि कलाकारहरुले धेरै रोचक र विवादास्पद लिपलक दृश्यहरू दिएका छन्। आज हामी ऐश्वर्या राय र ऋतिक रोशनको लिपलक सीनसँग सम्बन्धित रोचक कुराहरु बताउँछौँ।
ऐश्वर्या र ऋतिकले २००६ मा फिल्म ‘धूम २’ मा लीप किस गरेका थिए । यहीँ किसको कारण ऐश्वर्या कानुनी झमेलामा फँसेकी थिईन्। साथै बच्चन परिवार पनि उनीदेखि असन्तुष्ट देखिन्थे। ऐश्वर्याले एक अन्तर्वार्तामा उक्त सिनले निम्त्याएको आपतबारे चर्चा गरेकी थिईन्।
ऐशले अन्तर्वार्तामा केही दृश्यका कारण निकै कष्ट भोग्नुपरेको बताएकी थिइन्। उनले हलिउडका धेरै फिल्मको स्क्रिप्ट अस्वीकार गरिसकेकी छिन् किनभने उनी त्यसमा हुने फिजिकल सीन्समा सहज थिईनन्। ऐशले भनिन् – ‘मलाई थाहा थियो कि दर्शकहरु पनि यी सिन्सलाई लिएर सहज हुनेछैनन्। त्यसैले मैले सोचे कि यदि मैले यस्तो प्रयास गर्ने हो भने सबैभन्दा अगाडी बलिउडमा किन नगर्ने त !’
ऐशले भनिन् – ‘मैले यस्तो सिन्स दिएपछि हेर्न चाहन्थे कि मानिसहरुले कस्तो प्रतिक्रिया देलान्।’ त्यसपछि ऐशको डर सही साबित भयो। ‘धूम २’ मा ऋतिकसँग दिएको किसिङ सिन बाहिरिएपछि मानिसहरु धेरै रिसाए र उनलाई लिगल नोटिससम्म पठाईयो।
उक्त लिगल भनिएको थियो – ‘तपाई एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ। तपाई हाम्रा बच्चीहरुका लागि एक प्रेरणाको श्रोत हुनुहुन्छ। तपाईले आफ्नो जीवन र सफलताले हाम्रा छोरीहरुका लागि एक राम्रो उदाहरण पेश गर्नुभएको छ। हामीलाई तपाईको यो दृश्यले असहज बनाएको छ। आखिर तपाईले किन यस्तो गर्नुभयो।’
कामको कुरा गर्ने हो भने ऐश्वर्या चाँडै साउथको फिल्म पोन्नियन सेल्वनमा देखिनेछिन्।यसमा उनको दोहोरो भूमिका छ। फिल्म ५०० करोड भारु लागतमा बन्दैछ। उनी अन्तिम पटक २०१८ को फिल्म फन्ने खानमा देखिएकी थिइन् ।