ग्रहहरुका स्वामी बृहस्पति अस्ताउँदै, ५ राशिलाई भयङ्कर दुर्भाग्यपूर्ण

काठमाडौँ : वैदिक ज्योतिषमा ग्रहको अस्तलाई निकै महत्त्वपूर्ण घटना मानिन्छ। हरेक वर्ष केही दिनसम्म कुनै न कुनै ग्रह सूर्यको धेरै नजिक आउने भएकाले आकाशमा देखिँदैन। वर्षका यी दिनहरू र ग्रहको यो स्थितिलाई ग्रह-अस्त, ग्रह-लोप, ग्रह-मौद्य वा ग्रह-मौद्यमी भनिन्छ। शुक्र र बृहस्पति ग्रहको अस्त हुँदा विवाह, शुभारम्भ आदि धेरै शुभ कार्यहरू हुँदैनन्। यस वर्ष बृहस्पति ग्रह १९ फेब्रुअरीमा अस्ताउँदैछ र २० मार्चसम्म अस्त अवस्था मै रहनेछ। गुरु अस्त रहेसम्म विवाह, मुण्डन, नामकरण जस्ता संस्कार हुन सक्दैनन्। यस्तोमा यसको नकारात्मक प्रभाव कुन-कुन राशिमा पर्नेछ त ? जान्नुहोस्….

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरूले यस अवधिमा काम र व्यापारमा केही समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा तपाईंको वरिष्ठसँग मनमुटाव वा केही भ्रम हुन सक्छ। पार्टनरसँगको सम्बन्धमा असर पर्न सक्छ। धनको मामिलामा पनि बाधा र समस्या आउन सक्छ। आफन्त, साथीभाइ र दिदीबहिनीसँग वादविवाद हुन सक्छ। यसबाट बच्न प्रयास गर्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका मानिसहरुका लागि बृहस्पति ग्रहको अस्त निकै महत्वपूर्ण हुनेछ किनकि बृहस्पति ग्रहको अस्तले यी व्यक्तिहरुका काम र व्यवसायमा समस्या ल्याउनेछ। अनावश्यक खर्च बन्द गर्नुहोस्, अन्यथा तपाईंको आर्थिक स्थिति कमजोर हुनसक्छ। आम्दानीभन्दा धन खर्च बढी हुनाले मानसिक तनाव बढ्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बृहस्पतिको यो स्थितिले तपाईंको भाग्यलाई असर गर्छ। बुवाको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। सुखमा केही कमी आउन सक्छ। व्यापार व्यावसायमा नाफा कमाउनको लागि कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ। सन्तानको चिन्ता बढ्न सक्छ। बुद्धिमानीपूर्वक पैसा लगानी गर्नुहोस्। हतारमा गरेको निर्णय गलत साबित हुन सक्छ। आफ्नो जीवनसाथीसँग तनाव उत्पन्न हुन नदिनुहोस्। केही पुरानो रोग देखा पर्न सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

लक्ष्य प्राप्तिमा कठिनाइ आउन सक्छ। जसका कारण कार्यस्थलमा मान सम्मानमा कमी आउन सक्छ। जिम्मेवारीमा पनि कमी आउन सक्छ। यो अवस्थाले मानसिक समस्या निम्त्याउन सक्छ। ऋण लिनबाट बच्नुहोस्। स्वास्थ्यको मामिलामा कुनै पनि प्रकारको लापरवाही तपाईंको लागि राम्रो हुने छैन। व्यापारमा बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्, अन्यथा हानि हुन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका व्यक्तिहरूले बृहस्पतिको यो अवस्थाको विशेष ख्याल गर्नुपर्नेछ। यस समयमा सम्बन्ध प्रभावित हुन सक्छ। आफन्त तथा साथीभाइसँग विवादको स्थिति आउनसक्छ,सजग रहनुहोला। गलत संगतबाट बच्नुपर्छ। विपक्षीहरू सक्रिय रहनेछन् र हानि गर्न सक्नेछन्। उच्च पदका व्यक्तिहरूसँगको सम्बन्ध बिग्रन सक्छ। यस बारे सावधान रहनुहोस्।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फाल्गुन २ गते सोम प्रदोष व्रतमा ३ अद्भुत संयोग बन्दै, यसरी पूजा गरे मिल्नेछ मनग्यै लाभ