४८ को उमेरमा उर्मिलालाई चढ्यो जवानी, हालसालै शेयर गरिन् यस्तो तस्बिर

एजेन्सी : उर्मिला मातोन्डकर आफ्नो जमानाकी सबैभन्दा ग्ल्यामरस नायिकामध्ये एक हुन्। शायद यहीँ कारण फिल्म ‘रङ्गीला’ पछि उनी ‘रङ्गीला गर्ल’ को नामले चर्चित भईन्। उर्मिला मातोन्डकर प्राय: सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। उनी प्रायः आफ्ना फ्यानसँग जोडिने गर्छिन्। उर्मिला आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा आफ्ना नयाँ तस्बिरहरु फ्यान्सका लागि शेयर गरिरहेकी हुन्छिन्। उर्मिला तस्बिरहरुमा फ्यान्स खुलेर प्रतिक्रियाहरु पनि दिन्छन्।

उर्मिलाको सौन्दर्यताको कुरा गर्ने हो भने त्यतिबेला चर्चित निर्देशक रामगोपाल वर्मा उनको लागि मरिहत्ते गर्थे। उर्मिला मातोन्डकर अहिले फिल्मी दुनियाँबाट टाढा छिन् तर अझैँ पनि उनलाई चाहनेवालाहरुको कुनै पनि कमी छैन। उर्मिलाले नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा शेयर लगत्तै ती तस्बिरहरु भाइरल हुने गर्छन्। ती तस्बिरहरुमा प्रतिक्रियाको वर्षात् हुन्छ। हालै उनले शेयर गरेको तस्बिरमा उनले व्हाइट कलरको लामो ड्रेस लगाएकी छिन्। उर्मिलाको यो तस्बिरलाई फ्यान्सले असाध्यै मन पराएका छन्।

गत शुक्रबार फेब्रुअरी ४ मा उर्मिलाले आफ्नो ४८ औँ जन्मदिन मनाएकी थिईन्। उमेरले बुढ्यौली लागेपनि उनको सुन्दरताको उमेरले कुनै प्रभाव पारेको देखिन्न। उनी अझैँ पनि जवान नै देखिन्छिन्।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१८:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा फिल्मले डामाडोल पार्यो यी कलाकारको करियर, रोजे गुमनामीको बाटो