भोलि माघ २८ को राशिफल : यी राशिलाई दिन त्यति राम्रो देखिन्न, शिवजीको आराधनाबेगर समस्या हल गर्न गाह्रो छ

माघ २८ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शुक्रवार ।।। नक्षत्र – मृगशिरा , ३०:५९ बजे उप्रान्त आर्द्रा ।।। तिथि – दशमी , १४:१३ बजे उप्रान्त एकादशी ।।। करण – गर १४:१३ बजेदेखि वणिज , २७:१८ बजे उप्रान्त वालव ।।। योग – वैधृति , २०:३४ बजे उप्रान्त विष्कम्भ  ।।। माघ २८, २०७८, शुक्रवार।।। 11 February, 2022 ।।। दशमी, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४७ ।।। सूर्यास्त(sunrise) – १७:५१ ।।। कार्यक्रमहरू : शल्य दशमी, विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ( International Day of Women and Girls in Science ) ।।। शुभ साइत :  पास्नी गर्ने साइत, बिवाह गर्ने साइत, पसल खोल्ने साइत, घर सर्ने साइत,  ब्रतबन्ध गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

समय सुध्रिँदै आएको छ । खर्चको मात्रा केही बढे पनि प्रशस्त आम्दानी हुनाले खास समस्या पर्ने छैन । बिहान अलि-अलि मनमा डर लागिरहला तर दिउँसोदेखि नै त्यो शङ्का र डर हटी कर्म क्षेत्रमा डट्नुहुनेछ । बाह्य व्यापारबाट मनग्गे आम्दानी हुन सक्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन त्यति राम्रो देखिन्न । अनेकौँ समस्यासँग सङ्घर्ष गर्नुपर्ला । स्वास्थ्यस्थितिसमेत भोलि राम्रो रहने देखिन्न ।आउँदा दिनहरुमात्र राम्राखालका छन् । दिनको प्रारम्भमै शिवजीको दर्शन र आराधना गर्नुहोस् । त्यस्तै गणेश पनि पुजनीय छन् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कुनै गतिला काम बन्न सक्छन् तर अपराह्नदेखि जटिल समस्या खडा हुन सक्छ । शिवजीको आराधनाबेगर त्यो समस्या हल गर्न गाह्रो छ । मद्दत दिनेभन्दा रिस गर्नेको सङ्ख्या बढी छ । पारिवारिक चिन्ताले समेत भोलि सताइरहला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिन राम्राखालको छ। खर्च बढे पनि आम्दानी मनग्गे हुनाले खास समस्या पर्नेछैन । बौद्धिक बलभन्दा भौतिक बलले नै काम गर्नेछ। रिस गर्नेको सङ्ख्या बढी भएकाले बङ्गलामुखीको आराधना गरिरहनुहोस् । शिक्षा क्षेत्रमा हाल ठूलो प्रगति छैन ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सोच्दै नसोचेको काममा खर्च भएर मन खिन्न होला । तर अपराह्नदेखि खर्चमा नियन्त्रण भई केही आर्थिक लाभसमेत हुन सक्छ । व्यापार व्यवसायको काममा अवरोध खडा होला कि जस्तो छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

स्वास्थ्य त्यति राम्रो रहलाजस्तो छैन । त्यसैले पूरा गर्नुपर्ने लक्ष्यमा विलम्ब हुन सक्छ । मद्दत दिनेको सङ्ख्या थोरैमात्र छ । पारिवारिक स्वास्थ्यले समेत खर्च बढाउला । इन्द्राणीको सेवाले त्यस्ता अप्ठेरा पार गर्न सकिनेछ । भैरवको दर्शन पनि गरिरहनुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

निकै काम बन्नेछन् । त्यसपछि भने अलि–अलि स्वास्थ्य बाधा खडा हुन सक्छ । भोलि सानोतिनो चोटपटकसमेत लाग्ला कि जस्तो छ।  गणेशको दर्शनले बाधालाई हटाउन सकिनेछ । व्यापारमा बढी फाइदा हुने छैन ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अलि–अलि खर्च बढे पनि दिन नराम्रो खालको छैन । सम्मान र प्रतिष्ठा त बढ्ने देखिन्न तर व्यावसायिक कामबाट राम्रो प्रगति होला । मित्रहरूको सङ्ख्या बढी नै रहेको छ र उनीहरूको सहयोगले समेत निकै काम बन्नेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

भोजभतेर पर्नेछन् । त्यस्तै नातेदार र इष्टमित्रसँग समेत भेटघाट हुन सक्छ । उनीहरूको सल्लाहले गतिलो काम गर्न पनि सकिएला । पढाइको क्षेत्रमा राम्रो समय आएको छ । केही नयाँ विषयको ज्ञान सिक्ने इच्छासमेत पूरा होला कि जस्तो छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

खर्च बढे पनि राम्रो काममै हुनाले त्यति समस्या पर्ने दिन छैन । मद्दत गर्ने मित्रहरू प्रशस्त भेट्टिनेछन् । शिक्षाको क्षेत्रमा समेत हाल राम्रो प्रगति देखापर्छ। व्यापार र व्यवसायले साथ दिइरहला। तपाईंको प्राविधिक प्रतिभाको समेत सबैतिर प्रशंसा हुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

खर्च त बढ्ला तर आम्दानीको स्रोतसमेत गतिलो हुनाले समस्या पर्ने छैन । हातले समातेको व्यापार र व्यवसायले निकै फाइदा दिनेछ । शिक्षाको क्षेत्रमा मध्यम प्रगतिमात्र छ । लामो विदेश यात्राको सम्भावना हाल छैन । दाम्पत्य जीवन पनि राम्रोखालको रहला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यमखालको दिन छ । आधा काम बन्लान् भने आधा बाँकी रहनेछन् । सोचेकोभन्दा बढी नै खर्च हुन जाला । मद्दत गर्ने मित्रहरू नभए त समस्याले धौ–धौ नै पार्न सक्छ । देवी र शिवजीको सेवाले आउन सक्ने बाधा टार्न सकिनेछ । परिवारको मद्दत मिलिरहला ।

प्रकाशित : बिहिबार, माघ २७, २०७८२०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माघ २८ को राशिफल : यी राशिको चम्किनेछ भाग्य-हुनेछ मनग्गे आम्दानी, वृष र कन्या सतर्क रहनुस्