आज माघ २७ गतेको राशिफल : यी राशिलाई गतिलै लाभ मिल्ला, कर्कट-कन्या-तुला राशिका जातकले होश पुर्याउनुस्

माघ २७ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – बिहीवार ।।। नक्षत्र – रोहिणी , २८:२२ बजे उप्रान्त मृगशिरा ।।। तिथि – नवमी , १२:०७ बजे उप्रान्त दशमी ।।। करण – कौलव १२:०७ बजेदेखि तैतिल , २५:०९ बजे उप्रान्त भद्रा ।।। योग – ऐन्द्र , २०:०३ बजे उप्रान्त वैधृति ।।। माघ २७, २०७८, बिहीवार  ।।। 10 February, 2022  ।।। नवमी, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४७ ।।। सूर्यास्त(sunrise) – १७:५० ।।। कार्यक्रमहरू : द्रोण नवमी ।।। शुभ साइत :  होम गर्ने साइत,  बिवाह गर्ने साइत, रुद्री गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आम्दानी सामान्य र खर्च बढी हुनाले मनमा पीर परिरहला । व्यावसायिक काममा सोचेकोजति प्रगति देखिन्न। सानो-सानो कुरामा समेत घरपरिवारमा कचिङ्गल परिरहनेछ। जागिरकै क्षेत्रमा समेत तपाईंलाई मद्दत गर्नेभन्दा दोष देखाउने धेरै हुनेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन राम्रैखालको छ । काम गर्ने उत्साह बढ्ला भने गरेका काम बन्नेछन् । खर्च त घट्ने छैन तर आम्दानीको स्रोत बलियो हुनाले त्यति डराउनुपर्ने स्थिति छैन । वादविवाद बढी पर्ला तर पनि विजय तपाईंकै निश्चित छ । मित्रहरूले राम्रै सहयोग दिनेछन् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यो दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मनमा अलि–अलि शङ्का र भय त होला तर त्यसले खास बिगार गर्ने देखिन्न। काम गर्ने उत्साह प्रशस्त बढ्ला। गरेका काम बन्ने पनि छन् ।  तपाईंबाट असल एवम् कल्याणकारी काम हुन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आज बिहिबारको दिन त्यति राम्रो देखिन्न । त्यसैले थोरैमात्र बोल्ने र बढी रकमको लेनदेन नगर्नुहोस् । कूटनीतिक प्रतिभा नभए पनि बौद्धिक स्तर त्यति घटेको छैन । स्वास्थ्यस्थिति मध्यम रूपमा रहला । देवीको दर्शन गर्नुहोस्

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मध्यमखालको दिन छ । दौडधुप बढी गर्नुपर्ला अनि मात्रै केही काम बन्नेछन् । सोचेकोभन्दा थोरैमात्र लाभको स्थिति देखिन्छ । सानोतिनो यात्रासमेत पनि होलाजस्तो छ । प्रेम वा विवाहको कुरा भने हाल भाँडिन सक्छ । इन्द्राणीको दर्शन गर्नुमा कल्याण हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आजको दिनलाई त्यति राम्रो भन्न सकिन्न । सानो–सानो कुरामा पनि वादविवाद परिरहला । सङ्घर्ष नगरीकन कुनै पनि काम बन्ने छैन ।आउँदा दिनमा भने केही सफलता नै प्राप्त होला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शत्रु बाधा र स्वास्थ्य बाधा दुवैको सामना गर्नुपर्ने बेला छ । गणेशको सेवा नगरीकन कुनै पनि काममा खास सफलता पाउनुहुने छैन । शिक्षाको क्षेत्रमा समेत धेरै अवरोध आउनेछन् । व्यावसायिक कामबाट सामान्यखालको लाभमात्र लिन सक्नुहुन्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सुरुमा शरीरमा बिसन्चो हुन सक्छ । पेटसम्बन्धी सिकायत भइरहला । दिन राम्रै खालको छ । अलिकति परिश्रम थपेमा निकै काम बन्ने पनि छन् । तर, समस्यासित कुस्ती खेल्नुपर्ने स्थिति भने छ । सूर्यको दर्शनले धेरै फाइदा हुने देखिन्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सामान्य रूपले केही काम बन्ला तर स्वास्थ्यका कारणले लक्ष्य प्राप्त गर्नुहुने छैन । हातले समातेको व्यवसायले गतिलै लाभ देला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

खर्च त घट्न सक्ने छैन तर आम्दानी राम्रो हुनाले खास समस्या पर्ने देखिन्न । शिक्षाकै काममा बढी खर्च हुन जाला । मनमा अलि–अलि डर लागिरहला । प्रेमबारे सकारात्मक कुरा हुनेछन् । विवाहको कुरा पनि प्रगतितिर नै जानेछ । व्यापारमा हाल हानि देखिन्न ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आजको दिनलाई राम्रो रूपमा लिन सकिन्छ । अस्थिरता र शङ्का भए पनि बिग्रने समय छैन । मित्रहरूसँग भेटघाट हुने र भोजभतेर पर्नेसमेत देखिन्छ । नजिकका भन्दा पनि टाढाका मित्रबाट गतिलो सहयोग मिल्ला । व्यापारको काममा हानि छैन।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

खर्च बढे पनि रमाइलो गर्न छोडिने छैन। मनोरञ्जनका कार्यक्रम प्रशस्त हुनेछन्। मित्रहरूको सहयोगले केही नयाँ कामसमेत हातमा पर्न सक्छ। गणेशको आराधना नगरीकन बढ्दो खर्चलाई पु¥याउन गाह्रो पर्ला । केही नयाँ साथीसमेत थपिन सक्छन्।

प्रकाशित : बुधबार, माघ २६, २०७८२०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फाल्गुन महिना ज्योतिषीय दृष्टिकोणले कुन राशिलाई शुभ छ, कुन राशिलाई अशुभ ? हेर्नुस् मासिक राशिफल