मंगलको राशि परिवर्तनले ४ राशिलाई अत्यन्तै शुभ, नोकरी तथा व्यवसायमा आर्थिक उन्नति !

ज्योतिष शास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई विशेष महत्त्वका साथमा लिने गरिन्छ । जुनसुकै ग्रहले राशि परिवर्तन गर्दा सबै राशिहरूमा शुभ अशुभ असर गर्ने गर्दछ । फेब्रुअरी महिनाको २६ तारिखमा मंगल ग्रह शनिको राशिमा मकर राशिमा प्रवेश गर्दैछ । मंगल ग्रहको यो राशि परिवर्तनले केही राशिका व्यक्ति बढी प्रभावित हुनेछन् ।

मेष राशि

मंगल ग्रहको राशि परिवर्तनले मेष राशिका मानिसहरूमा विशेष प्रभाव पर्ने भएको छ । मंगलको यो राशि परिवर्तनको कारण भाग्यको पूर्ण साथ दिनेछ। यस समयमा मेष राशिको कर्म घरमा मंगल राशि परिवर्तन हुनेछ । जसका कारण राशि परिवर्तनको क्रममा बाँकी रहेका सबै काम सम्पन्न हुनेछन् । यसका साथै नोकरीमा पदोन्नतिको अवसर पनि मिल्नेछ।

वृष राशि

वृष राशिका लागि मंगलको राशि परिवर्तन लाभदायक साबित हुनेछ । मंगल राशि परिवर्तनको अवधिमा जुन काममा हात हाल्नु हुनेछ त्यो सफलताका साथ सम्पन्न हुनेछ । साथै यस अवधिमा आर्थिक पक्ष पनि बलियो रहनेछ । यसका साथै राशि परिवर्तनको समयमा आत्मविश्वास पनि बलियो हुनेछ ।

धनु राशि

धनु राशि हुने हरुका लागि मंगल ग्रहको राशि परिवर्तन शुभ हुनेछ । धन स्थानमा हुने मंगलको राशि परिवर्तन लाभदायी साबित हुनेछ । व्यापार व्यवसायमा आर्थिक उन्नतिको प्रशस्त अवसर मिल्नेछ । यसका साथै दैनिक आम्दानी पनि बढ्नेछ । पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ ।

मीन राशि

मङ्गलको राशि परिवर्तनले मीन राशिको जीवनमा खुसी ल्याउनेछ। यस राशि परिवर्तनको समयमा आम्दानी बढ्नेछ। आय भावमा मंगल राशि परिवर्तनले गर्दा व्यापार व्यवसायमा वृद्धि हुनेछ । साथै आर्थिक उन्नति हुनेछ । यसका साथै तपाईले राशि परिवर्तन अवधिमा नयाँ कामको प्रस्ताव पनि पाउन सक्नुहुन्छ। साथै धन सम्बन्धी समस्या पनि हट्नेछ ।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ २६ गतेको राशिफल : मेष राशिलाई सबैभन्दा नराम्रो छ भोलिको दिन, तपाईको लागि राम्रो-नराम्रो कस्तो रहला ?