एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्टले हालै एक तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री सेतो साडीमा सिरमा रातो गुलाबको फूल लगाएर देखिएकी छिन् ।
बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समयमा उनको आगामी नयाँ फिल्म ‘गंगुबाई काठियावाडी’ लाई लिएर चर्चामा छिन् । केही दिन पहिले फिल्मको ट्रेलर सार्वजनिक भएको थियो जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । आलिया अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।
अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री सेतो साडीमा सजिएर देखिएकी छिन्। अभिनेत्रीको तस्बिरमा देख्न सकिन्छ उनले सिरमा गुलाब राखेकी छिन् । आलियाले क्यामेराको अगाडि मनमोहक शैलीमा तस्बिर खिचाएकी छिन् ।
यी तस्बिर सार्वजनिक गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् । ‘आउँदै छिन् हंगुबाई, मात्र सिनेमा हलमा २५ फेब्रुवरीबाट’ आलियाको यो पोष्टमा फ्यानहरुले निकै कडा प्रतिक्रिया दिइरहेका छन् । एक फ्यानले लेखेका छन् । गंगुले आगो लगाएकी छिन् ।’
यसको साथै अभिनेत्रीले सार्वजनिक गरेको यस तस्बिरमा कमेन्ट गर्दै फ्यानले अभिनेत्रीलाई सोधेका छन् ‘रणवीर कपूरले यो गुलाबको फूल दिएका हुन् ?