भारतीय टेलिभिजन जगतबाट निकै दुखद खबर आएको छ । पहिले देखि नै सबै उमेर समूहले मन पराउँदै आएको चर्चित धारावाहिक कथा महाभारतका चर्चित पात्र भिमको निधन भएको छ । महाभारतमा भीमको भूमिका निभाएका उत्कृष्ट अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको हो। ७४ वर्षको उमेरमा प्रवीणले यस संसारबाट बिदा भएका छन् ।
प्रवीण कुमारले महाभारत बाहेक धेरै बलिउड फिल्महरूमा पनि आफ्नो दमदार अभिनयले फ्यानहरूलाई प्रभावित पारेका छन्। तर महाभारत सिरियलमा भीमको भूमिका निर्वाह गरेर उनी घर–घरमा परिचित पात्र बनेका थिए । भीमको चरित्रमा उनलाई निकै रुचाइएको थियो । प्रवीणको निधनको खबरले उनका फ्यानहरु अहिले निकै भावुक भएका छन् ।
प्रवीण अभिनय बाहेक दुई पटक ओलम्पिकमा पनि सहभागी भएका थिए । प्रवीणले एक अन्तर्वार्ताको क्रममा भनेका थिए की उनले आफ्नो अभिनयको सुरुवात १०० रुपयाँबाट सुरु गरेका थिए । उत्कृष्ट अभिनय कला भएका प्रवीण निधनमा उनका फ्यान हरुले अहिले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै दु:ख व्यक्त गरिरहेका छन् ।