श्रद्धाञ्जलीमा गएका शाहरुख खनाले लता मंगेशकरको पार्थिव शरीरमा थुकेकै हुन् ? यस्तो छ वास्तविकता !

गायिका लता मंगेशकरको हिजो मुम्बईमा पूर्ण राजकीय  सम्मानको साथमा अन्त्येष्टि भएको छ । गायिकाको श्रद्धाञ्जलीमा बलिउडका चर्चित कलाकार उपस्थित भएका थिए । त्यस क्रममा जावेद अख्तर, शाहरुख खान, सचिन तेन्दुलकर, रणवीर कपूर, श्रद्धा कपूर, शंकर महादेवन जस्ता दिग्गज कलाकार गायिकाको श्रद्धाञ्जलीमा उपस्थित भएका थिए ।


गायिकाको श्रद्धाञ्जलीको क्रमका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । यसै क्रममा शाहरुख खानको नाममा सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ । शाहरुख आज बिहानैदेखि सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेता शाहरुख खानलाई एक अपमानजनक आरोप लगाएको छ ।

अहिले केही सामाजिक सञ्जाल प्रयोग कर्ताले शाहरुख खानलाई गायिकाको अन्त्येष्टिमा थुकेर श्रद्धाञ्जली दिएको आरोप लगाएका छन् । त्यस्तै अर्को तर्फका मानिसको भनाइ रहेको छ की अभिनेताले श्रद्धाञ्जली सकिएपछी फुकेका थिए । अहिले अभिनेतालाई वास्तविकता बिना नै केही मानिस सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन् ।

लता मंगेशकरलाई श्रद्धाञ्जली अभिनेता शाहरुख खानले इस्लामिक अनुष्ठानबाट दुवै हात फैलाएर फातिहा पढ्दै गरेको देखिएको थियो । त्यसपछि उनले मास्क हटाए र फुकेका थिए । जुन फातिहापछि इस्लामिक धर्ममा गर्ने प्रचलन रहेको छ । त्यसपछि अभिनेताले गायिकाको खुट्टा छोएका थिए । यसै समय शाहरुख खानले आफ्नो धर्म अनुसार फुकेकोलाई अन्य मानिसले थुकेको भनी गलत प्रचार गरेका थिए ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिवङ्गत अभिनेत्री श्रीदेवीलाई यत्तिकै भनिएको हैन ‘रुपकी रानी’, यी ५ तस्बिरहरु हुन् प्रमाण