एजेन्सी : पहिले र अहिलेको जमानामा धेरै परिवर्तन आईसकेको छ। त्यसैगरी विगतको बलिउड र अहिलेको बलिउडमा आकाश-पातालको फरक छ। चाहे त्यो कलाकारहरुको लुक होस्, फिल्म होस् वा उनीहरुको फोटोसुट होस्। ८० र ९० को दशकमा बलिउड कलाकारहरूले निकै अनौठो फोटोशूट गर्थे, जसका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यी तस्बिरहरुमा गोविन्दा(Govinda), जुही चावला(Juhi Chawla), सनी देओल(Sunny Deol) र रवीना टन्डन(Raveena Tandon) लगायतका ठुल्ठुला हस्तीहरु छन्।
त्यो जमानामा यी स्टारहरूले जसरी फोटोशूट गरेका थिए, त्यसका तस्विरहरू अहिले हेर्नुभयो भने पक्कै पनि तपाईको मुहारमा हाँसो छाउनेछ। हेर्नुहोस् ८० र ९० को दशकमा बलिउड स्टार्सले खिचेका केही रमाइला तस्बिरहरु : –