लता मंगेशकरको शव यात्रामा भयो ठूलो गल्ती, पुगेन कसैको ध्यान !

अहिले गायन क्षेत्रको चर्चित स्वरकी धनी लता मंगेशकर पञ्चतत्वमा विलीन भएकी छिन् । उनको मुम्बईको शिवाजीमा अन्तिम दाहसंस्कार भएको छ। उनको अन्तिम यात्रामा लाखौँ मानिस सहभागी थिए । यसै क्रममा उनको शव यात्राको क्रममा राखिएको पोस्टरमा ठूलो गल्ती देखियो ।

कोइलीको जस्तो स्वर भएकी गायिका लता मंगेशकरको निधनले सम्पूर्ण संगीत क्षेत्रमा ठूलो क्षति भएको छ । उनले नेपाली सांगीतिक क्षेत्रलाई दिएको योगदान अतुलनीय छ । लता मंगेशकरको आवाजमा यस्तो जादु थियो, जसले बच्चादेखि वृद्धसम्म सबैलाई उनको आवाजले मोहित बनाउँथ्यो । अहिले उनको निधनले भारत मात्र नभइ नेपाली सांगीतिक क्षेत्र पनि शोकमा डुबेको छ ।

हिजो भएको दिवंगत लताको अन्तिम सव यात्रामा ठूलो गल्ती देखियो । लता मंगेशकरको शवलाई फूलले सजाइएको ट्रकमा मुम्बईको शिवाजी पार्कमा लागिएको थियो । यही क्रममा यस्तो ठूलो गल्ती देखियो जसलाई धेरैले याद नगरेको हुन सक्छ । वास्तवमा यस्तो गल्ती गरिएको थियो कि गायिका लताको नामको आगाडी ‘श्रमती’ राखिएको थियो ।

हिन्दु संस्कृति अनुसार विवाहित महिलाको नामको अगाडी मात्र श्रमती राख्ने गरिन्छ । तर लता जीवन भर अविवाहित बसेकी थिइन् । त्यस समयमा लताको नामको अगाडी श्रमती राखेको धेरै समयपछि त्यहाँ उपस्थित मानिसलाई याद भयो र नामको अगाडी राखेको ‘श्रीमती’ हटाइयो र त्यस ठाउँमा ‘भारत रत्न’ लेखियो।

प्रकाशित : सोमबार, माघ २४, २०७८१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

११०० करोड भारु सम्पत्तिको मालिक हुन् जुनियर एनटिआर, बिहेमै गरे १०० करोड खर्च