वर्षौपछि संगीत जगतले पाएको लता मंगेशकर, जसले यी नेपाली गीतमा आवाज दिएकी छिन्!

भारतको वरिष्ठ गायिका तथा स्वरकी धनि लता मंगेशकर जसले भारतमा ५०० भन्दा बधिगीतामा स्वोर दिएकी छिन् । लताले भारतमा मात्र नभई नेपाली गीतमा पनि आफ्नो सुमधुर स्वोर दिएकी छिन् । उनले दिएको आवाज आजको समयमा पनि युवा पुस्ताको रोजाइमा पर्ने गर्दछ उनि भारतीय भए पनि उनले गएका नेपाली तथा भारतीय गित संगीतबाट आजको समयमा लाखौँ नेपालीलाई संगतिक क्षेत्रमा लाग्न प्रेरणा बनेको छ ।

भनिन्छ संगीतमा कुनै भाषाले छेक्दैन । मात्र त्यस संगीतमा प्रयोग भएका शब्द र भावले मानिसलाई प्रेरित गर्दछ । गायिका लता भारतीय नागरिक भए पनि उनले गायनले लताले स्वर दिएको नेपाली गीत ‘फूल भन्छ फूली रहुँ’ , ‘आकाशमा तिरमिरे’ , ‘जुन माटोमा मेरो’ बोलका गीतमा स्वर दिएकी छिन् ।

करिब एक महिना देखि स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भएकी भारतको चर्चित तथा दिग्गज गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दी सिनेमा र संगीत जगत स्तब्ध भएको छ । लता मंगेशकरले ९२ वर्षको उमेरमा उनको निधन भएको हो । लता मंगेशकरको निधनको खबरले मनोरञ्जन जगतमा स्तब्ध भएको छ ।

लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गायिकालाई कोरोनाको साथै निमोनिया भएको थियो । गायिका लता मंगेशकरको गायन क्षेत्रमा योगदान अतुलनीय ७८ वर्षको करियरमा लता मंगेशकरले २५ हजार भन्दा बढी गीत गायकी छिन् ।

गायिका लता धेरै अवार्ड हरुबाट सम्मानित भएकी छिन्  । उनी तीन पटक राष्ट्रिय पुरस्कार विजेता पनि भइन् । यस बाहेक उनलाई दादा साहेब फाल्के अवार्ड र भारत रत्नबाट पनि सम्मानित गरिएकी थिइन्  । लता मंगेशकरले ५ वर्षको उमेर देखि नै काम गर्न सुरु गरेकी थिइन् । जुन उमेरमा स-सान बच्चा खेल्न पढ्ने गर्छन् त्यस उमेरमा लता मंगेशकरले घरको जिम्मेवारी लिएकी थिइन् । उनले आफ्ना दाजुभाइको भविष्यको लागि कहिल्यै विवाह गरिनन् ।

प्रकाशित : सोमबार, माघ २४, २०७८११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लता मंगेशकरको शव यात्रामा भयो ठूलो गल्ती, पुगेन कसैको ध्यान !