काठमाडौँ : शनिदेवको कृपाले रंकलाई पनि राजा बनाउने मान्यता सर्वविदितै छ। साथै शनिको खराब नजर परे राजालाई पनि दरिद्र बनाउँछ। अहिले शनि अस्ताएको छ र आउँदो २४ फेब्रुअरी २०२२ सम्म आफ्नै राशि मकरमा रहनेछ। शनि अस्ताउँदा ४ राशिका लागि विपरित राज योग बनाउँदैछ। यसकारण यी राशिका व्यक्तिहरूलाई आगामी ४ दिनसम्म गतिलै लाभ मिल्नेछ।
विपरित राज योगका कारण यी ४ राशिका व्यक्तिले जागिर, व्यापार र राजनीतिमा अतुलनीय सफलता प्राप्त गर्न सक्छन्। यसका साथै पुरानो रोगबाट पनि राहत पाउनेछन्। यो समयावधिमा अपार धन लाभ पनि गर्नेछन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो विपरित राज योगले मिथुन राशिका व्यक्तिहरुलाई अतुलनीय लाभ दिनेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनसक्छ। आकस्मिक लाभ हुन सक्छ। महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ। लगानीको लागि राम्रो समय रहेको छ। राजनीतिमा सक्रिय व्यक्तिहरूले ठूलो पद पाउन सक्छन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका व्यक्तिहरूलाई विपरित राज योगले ठूलो आर्थिक लाभ दिनेछ। आम्दानी बढ्नेछ, आर्थिक अवस्था राम्रो हुनेछ। मानिसहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। वैदेशिक रोजगारीबाट विशेष लाभ हुनेछ। नयाँ सम्झौता हुन सक्छ। लगानीमा लाभ मिल्ने संकेत देखिन्छ। यदि तपाई कुनै गम्भीर वा पुरानो चोटपटकबाट समस्यामा हुनुहुन्थ्यो भने तपाईले यसबाट छुटकारा पाउनुहुनेछ। राजनीतिज्ञहरूले ठूलो सफलता हात पार्ने सम्भावना देखिन्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
विपरीत राज योगले वृश्चिक राशिका व्यक्तिहरूलाई अचानक धन लाभ गराउनेछ। नोकरी-व्यवसायमा प्रगति हुनेछ। विदेशबाट पनि धन प्राप्त हुनेछ। राजनीतिमा लाभ मिल्नेछ। बढुवा हुने योग छ। नयाँ जागिरका प्रस्तावहरु आउनेछन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका व्यक्तिहरुलाई विपरीत राज योगले व्यापारमा आकस्मिक लाभ गराउनेछ। तपाईले आफ्नो मेहनतको फल पाउनुहुनेछ। राजनीति तथा प्रशासनसँग सम्बन्धित व्यक्तिले ठूलो पद पाउनेछन्। भावी दिनको लागि तपाईले प्रशस्त धन सञ्चित गर्नुहुनेछ। शेयर बजारमा पनि आकस्मिक लाभ हुन् सक्छ।