एजेन्सी : अहिलेको समयमा बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीको बाल्यकालको तस्वीरहरु भाइर हुने क्रम बढेको छ । अहिले एक तस्वीरमा देखिएकी बालिकालाई चिन्न निकै मुश्किल भइरहेको छ ।
आफूलाई मन पर्ने बलिउड स्टारहरुको पर्सनल लाइफको बारेमा जान्नका लागि सबै उत्साहित हुने गर्दछन् । सबैलाई लाग्ने गर्दछ कि आफूलाई मन पर्ने कलाकार तथा अभिनेता, अभिनेत्री बाल्यकालमा कस्ता देखिन्थे । उनीहरुले आफ्नो पढाइ कहाँ गरे, उनीहरू कहाँ बस्ने गर्थे सबै कुराहरू जान्न उत्सुक हुन्छन्। योसँगै अहिले बलिउड सेलि-ब्रेटीहरुको बाल्यकालको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाएर चिन्न चुनौती दिइने प्रचलन बढेको छ।
तस्वीरमा देख्न सकिन्छ एक निर्दोष बालिका आफ्नो हातमा एक खेलौना लिएर उभिएकी छिन् । तस्वीरमा छोटो कपालमा देखिएकी यी सुन्दर बालिका आजको समयमा करोडौँ मानिसको मानमा बस्न सफल भएकी छिन् । यति भन्दा पनि चिन्न सक्नु भएको छैन भने यी बालिका अरु कोही नभई बलिउडको चर्चित अभिनेत्री सुस्मिता सेन हुन् । यस तस्वीर हरेर अहिले अभिनेत्रीलाई चिन्न मानिस हरुलाई निकै मुस्किल भएको छ ।
पछिल्लो समयमा अभिनेत्री सुस्मिता सेन फिल्म क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । सुस्मिता पछिल्लो पटक वेब सिरिज ‘आर्य २’ मा देखिएकी थिइन्, जसमा उनको अभिनयको सबैले प्रशंसा गरेका थिए ।