अभिनेत्री करीनालाई यस कुराको अनुरोध गरेर थकित भए फोटोग्राफर, अभिनेत्रीले गरिन् अस्वीकार !

बलिउड अभिनेत्री करीना कपूरको एक तस्वीर सामाजिक सञ्जालमा निकै भाइर भएको छ । वास्तवमा अभिनेत्री करिना कपूर बहिनी करिश्मा कपूर र साथी अमृता अरोडासँग डिनरमा पुगेकी थिइन् त्यस समयमा फोटोग्राफरहरूले अभिनेत्रीलाई एक अनुरोध गरेका थिए तर अभिनेत्रीले कुनै हालतमा मानेकी थिइनन् ।

बलिउड अभिनेत्री करिना कपुर आफ्नो व्यावसायिक जीवन जीवन भन्दा पनि व्यक्तिगत जवानको कारण चर्चामा हुने गर्दछिन् । अहिले उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनी बहिनी करिश्मा कपुर र साथी अमृता अरोरासँग देखिएकी छिन् । यस क्रममा केही फोटोग्राफरले अभिनेत्रीलाई मास्क फुकाल्न आग्रह गर्छन्। तर अभिनेत्री माक्स फुकाल्दीनन्  र आफ्नो कार तर्फ जान्छिन् ।

यस अघि मलाइका आरोडासँग करीना कपूरले अमृता अरोडाको जन्मदिन धुमधामका साथ मनाउँदै गरेको देखिएको थियो । यस ब-र्थडे पार्टीमा करिश्मा कपूर पनि पुगेकी थिइन् । करीना कपुरले फ्यानहरूलाई यस जन्मदिनको पार्टीको केही तस्वीर आफ्नो सामाजिक सञ्जालमा सर्वाजनिक गरेकी थिइन् ।

करीना कपूरको वर्कफ्रन्टको कुरा गर्दा करिना अभिनेत्री आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिनेछिन् । यो हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । भारत संचार माध्यमको अनुसार यस फिल्म सन २०२२ अप्रिल १४ मा सिनेमाघरहरूमा रिलीज हुनेछ।

प्रकाशित : आइतबार, माघ २३, २०७८१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित बलिउड अभिनेत्रीको तस्वीर भाइरल हुँदा चिन्न सकेनन् अधिकांसले, ९० प्रतिशतले दिए गलत जवाफ