खानामा विष मिसाएर दिएको थियो, ३ महिनासम्म ओछ्यानमा परेकी थिइन् गायिका लता मंगेशकर !

आफ्नो मधुर स्वरले करोडौँ मानिसको मनमा सफल गायिका लता मंगेशकर टस संसारबाट सदाको लागि बिदा भएकी छिन्। उनले बलिउडक थुप्रै फिल्मको गीतमा आफ्नी आवाज दिएकी छिन् । जुन अहिले पनि मानिले ओठमा छ । आज हामी तपाईलाई लता मंगेशकरसँग जोडिएको त्यो घटनाको बताउनेछौँ, जसको बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

यो घटना एउटा षड्यन्त्रको हो जसमा गायिका लतालाई मार्नको लागि विष समेत खुवाइएको थियो । मंगेशकरकी निकट मित्र पद्मा सचदेवको पुस्तक ‘ऐसा कहा से लाउ’ मा पनि बताएको छ । यो घटना गायिका लता मंगेशकर ३३ वर्ष हुँदा भएको थियो ।

यो घटना सन् १९६३ को हो । लता मंगेशकर गम्भीर बिरामी परेकी थिइन् । डाक्टर बोलाएर स्वास्थ्य परीक्षण गर्दा उनलाई स्लो पोइजन दिइएको पाइएको थियो । यस घटनाले गायिकालाई शारीरिक रूपमा कमजोर बनायो र उनी लगभग तीन महिनासम्म ओछ्यानमा परिन्। यस घटनापछि भान्छामा काम गर्ने र उनालाई खान दिने मानिस ज्याला नलिई घरबाट बेपत्ता भएका थिए ।

त्यसपछि बलिउडका स्वर्गीय गीतकार मजरुह सुल्तानपुरी नियमित रूपमा लताको ख्याल राख्ने गर्दथे ।  त्यस पछिको दिनमा मजरुह सुल्तानपुरी  जहिले पनि पहिले उनको खाना चाख्नथे  र त्यसपछि मात्र लतालाई खान दिन्थे ।

लता मंगेशकरले एक हजारभन्दा बढी हिन्दी र ३६ क्षेत्रीय फिल्ममा गीत गाएकी छिन् । समग्रमा उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन् । यतिका वर्षमा गायिका लताले मधुबालादेखि प्रियंका चोपडासम्मलाई आफ्नो आवाज दिएकी छिन् ।

प्रकाशित : आइतबार, माघ २३, २०७८१३:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खान : जहाँ जाँदा पनि-जहिल्यै पनि हातमा किन लगाउँछन् ब्रासलेट, यस्तो छ खास कारण