‘फ्लावर हैन फायर हुन्’ यो बच्चा, ‘पुष्पा’ फिल्मबाट सपारे बक्स अफिसको अङ्कगणित

एजेन्सी : ‘पुष्पा’ फिल्म रिलिज भएदेखि नै भारतलगायत संसारभर एक स्टारको चर्चा चुलिएको छ। फिल्मले सबै भाषामा धेरै कमाई गर्नुका साथै कलेक्शन रेकर्ड पनि बनाएको छ। अहिले यिनको हरेक फिल्म हिन्दीमा रिलिज गर्ने दौडधुप भइरहेको छ। शायद अहिलेसम्म तपाईले अनुमान लगाईसक्नुभयो होला उक्त स्टार अरु कोहीँ नभएर अल्लु अर्जुन(Allu Arjun) हुन्। अल्लु अर्जुन बनी र स्टाइलिस स्टारको नामले पनि चिनिन्छन्। उनका बाल्यकालका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् र ती तस्बिरहरूले फ्यानबाट निकै माया पाइरहेका छन्।

३९ वर्षीय अल्लू अर्जुन तेलुगु फिल्मका अभिनेता हुन् र उनी साउथका महँगा कलाकारको सूचीमा पर्छन्। चाहे डान्स होस् वा एक्सन, चाहे रोमान्स होस् वा कमेडी, अभिनयको हरेक कडीमा उनी बेजोड छन्। अल्लु अर्जुनले सन् २००३ मा फिल्म ‘गंगोत्री’ बाट आफ्नो करियर सुरु गरेका थिए। सन् २००४ मा आएको फिल्म आर्याबाट उनले लोकप्रियता पाएका थिए। यो फिल्मलाई सुकुमारले निर्देशन गरेका थिए। अल्लुको पुष्पालाई पनि सुकुमारले निर्देशन गरेका हुन् ।

अल्लु अर्जुनको फिल्मी करियर पनि निकै धमाकेदार रह्यो। उनका हिट फिल्महरूको सूचीमा ‘आर्या २ (२००९)’, ‘वेदम (२०१०)’, ‘जुलाई (२०१२), ‘रेस गुरम (२०१४)’, ‘सन अफ सत्यमूर्ति (२०१५)’, ‘सरायनोडु (२०१६), ‘अला वैकुण्ठपुरुमुलु (२०२०)’ र ‘पुष्पा: द राइज (२०२१)’ का नाम प्रमुख रुपमा आउँछन्।

अल्लु अर्जुनले २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । उनका दुई सन्तान पनि छन् ।

प्रकाशित : आइतबार, माघ २३, २०७८१३:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खानामा विष मिसाएर दिएको थियो, ३ महिनासम्म ओछ्यानमा परेकी थिइन् गायिका लता मंगेशकर !