रिलिज भएको २ महिनापछि ‘अन्तिम’ ले बनायो यस्तो दमदार रेकर्ड, अरु फिल्मले हत्तपत्त सक्दैन तोड्न

एजेन्सी : केही समयअघि भारतीय निर्देशक महेश मान्जरेकर(Mahesh Manjrekar)ले आफ्नो दमदार फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ(Antim: The Final Truth)’  बाट धमाका मच्चाए र फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। सलमान खान(Salman Khan) र आयुष शर्मा(Aayush Sharma) को प्रमुख भूमिकामा बनेको यो फिल्म २६ नोभेम्बर २०२१ मा दुनियाँभर रिलिज भएको थियो।  फिल्मले राम्रो प्रतिक्रिया पायो र बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्यो। र यो सन् २०२१ को सबैभन्दा धेरै कमाई गर्ने बलिउड फिल्म बन्यो।

सर्वप्रथम यो फिल्मलाई थिएटर्समा रिलिज गरिएको थियो र बक्स अफिसमा राम्रो कलेक्सन पनि गरेको थियो। त्यसपछि फिल्म निर्माताले फिल्मलाई जी५(ZEE5) मा डिजिटल रिलिज गरेको थियो।

डिजिटल रिलिजपछि फिल्मले शानदार रेकर्ड कायम गरेको छ, जुन रेकर्ड तोड्न अरु फिल्महरुलाई मुश्किल पर्नेछ। जी५ मा यो फिल्म बिना रोकावट ३७ करोड भन्दा बढी मिनेट स्ट्रिम भएको छ। यसअघि कुनै पनि फिल्म लगातार यति धेरै मिनेटसम्म स्ट्रिम भएको थिएन्।

आयुष शर्मा र मेगास्टार सलमान खानको भूमिकालाई फ्यानहरुले निकै मन पराएका छन् । यो फिल्म २०२१ को सबैभन्दा धेरै स्ट्रिम गरिएको चलचित्र साबित भएको छ। महेश मान्जरेकरद्वारा निर्देशित ‘अन्तिम : द फाइनल ट्रुथ’ मा सलमान खान, आयुष शर्मा र महिमा मखवाना मुख्य भूमिकामा छन्।

प्रकाशित : शनिबार, माघ २२, २०७८१९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतको चर्चित गायिका लता मंगेशकरको निधन