ग्यालेक्सी अपार्टमेन्टदेखि फार्म हाउससम्म, सलमान खानको यी सम्पत्तिको मूल्य सुनेर उड्नेछ तपाइको होस् !

बलिउड अभिनेता सलमान खान बलिउडका एक धनि अभिनेता मध्य एक हुन तर पनि उनी आफ्नो परिवारसँग ग्यालेक्सी अपार्टमेन्टमा बस्छन्।

बलिउड अभिनेता सलमान खान यति धनि छन् कि उनको वास्तविक सम्पत्ति कमै मानिसलाई मात्र थाहा छ । अभिनेता सलमान खान बलिउडका सबै भन्दा महँगा अभिनेता मध्य एक हुन् । अहिले समयमा अभिनेतालाई लिनको लागि जुन सुकै निर्माताले आट गर्न सक्दैनन् । अभिनेताले आफ्नै घर, फार्महाउस भएपनि अभिनेता ग्यालेक्सी अपार्टमेन्टमा बस्न रुचाउँछन्।

त्यस्तै बलिउडक अन्य स्टारहरु निकै मुम्बईमा विलासी र ठूला बंगलाहरूमा बस्छन्। भने त्यही स्थानमा अभिनेता सलमान खान आफ्नो ग्यालेक्सी अपार्टमेन्टमा बस्न रुचाउँछन् । प्राय: मानिसलाई थाहा नहुन सक्छ अभिनेता आफ्नो परिवारको साथमा बस्न बढी रुचाउँछन् ।

ग्यालेक्सी अपार्टमेन्ट
सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट हेर्दा सानो भए पनि सबै प्रकारका सुविधाहरू छन्। सलमान अपार्टमेन्टको ग्रा-उन्ड फ्लोरमा बस्छन्। भने उनका बाबुआमा पहिलो तलामा बस्छन्। उनको यो अपार्टमेन्टको मूल्य करिब १६ करोड रुपैयाँ रहेको बताइएको छ ।

पनवेल फार्महाउस
सलमान छुट्टी मनाउन विदेश कमै मात्र जान्छन्। उनी पनवेलस्थित आफ्नो फार्महाउसमा बिदाको समयमा समय बिताउन रुचाउँछन्। १५० एकडमा फैलिएको सलमान खानको यो फार्महाउस जिम, पूल र अन्य सुविधाहरूले सुसज्जित छ। यो फार्महाउसको लागत ८० करोड रुपैयाँ छ ।

गोराई बीच हाउस
भारतीय मिडिया रिपोर्टका अनुसार सलमान खानको मुम्बईको धारावी नजिकै गोराईमा एउटा बिच हाउस छ, जुन उनले आफ्नो ५१ औँ जन्मदिनको अवसरमा किनेका थिए। यहाँ स्विमिङ पुल, जिम र चलचित्र थिएटर जस्ता सुविधाहरू छन्। यस सम्पत्तिको मूल्य करिब १०० करोड रुपैयाँ रहेको बताइएको छ।

बान्द्रा फ्ल्याट
यसको साथै सलमान खानले केही समयअघि मुम्बईको बान्द्रामा ४ बीएचके फ्ल्याट किनेका भनिएको छ । जसको मूल्य करिब ३० करोड रुपैयाँ छ । अन्य बलिउड स्टारहरू जस्तै सलमानको पनि दुबईको बुर्ज खलिफा नजिकै एउटा घर रहेको बताइएको छ । सलमान जहिले दुबई जान्छन्, त्यही घरमा बस्छन् ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अहिले ८० करोड सम्पत्तिकी मालिक्नी हुन् सामन्था, पहिले पैसाको अभावमा गर्थिन् यस्तो काम