एजेन्सी : बलिउडमा एक से एक सुन्दर अभिनेत्रीहरु छन्, जसको मुस्कानले लाखौँलाई सम्मोहित पार्छ। अझ मुसुक्क मुस्कुराउँदा डिम्पल देखिएमा सुनमा सुगन्ध हुन्छ। बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु छन्, जो मुस्कुराउँदा गालामा खोपिल्टो बस्छ, जसलाई हामी डिम्पल भन्छौँ। डिम्पलकै कारण यी अभिनेत्रीहरुको छुट्टै पहिचान पनि बनेको छ। उनीहरुले प्राय: आफ्नो डिम्पलको कारण प्रशंसा पाउने गर्छन्। आज हामी तपाईलाई यस्ता केही बलिउड अभिनेत्रीहरुका बारेमा बताउँछौँ, जो मुस्कुराउँदा डिम्पलले उनीहरुका सुन्दरतामा चार चाँद लगाउँछ।
• प्रीति जिन्टा(Preity Zinta) : –
प्रीति जिन्टालाई बलिउडमा डिम्पल क्वीन पनि भनिन्छ। उनको डिम्पल स्माइल जति सुन्दर देखिन्छ उत्ति निर्दोष पनि। सन् १९९८ मा आएको उनको पहिलो फिल्म ‘दिल से’ बाट उनको अभिनयको प्रशंसाभन्दा उनको गालामा भएका डिम्पलको चर्चा बढी भयो। प्रीतिले आफ्नो मुस्कानले सधैं मानिसको मनमा आफ्नो लागि विशेष स्थान बनाएकी छिन् ।
• शर्मिला ट्यागोर(Sharmila Tagore) : –
सत्यजित रेको बंगाली फिल्म ‘अपुर संसार’ बाट फिल्ममा आफ्नो करियर सुरु गरेकी शर्मिला ट्यागोरको डिम्पल स्माइलको दीवाना को चाहीँ छैन होला र। फिल्म ‘कश्मिर की काली’ बाट बलिउडमा डेब्यु गरेकी शर्मिलाले आफ्नो बेजोड सौन्दर्य र निर्दोष मुस्कानले सबैलाई मोहित पारिन्। शर्मिला ट्यागोर अहिले पनि बलिउडकी ती नायिकामा गनिन्छन्, जसको सुन्दरताको मानिसहरु उदाहरण दिन्छन्।
• दीपिका पादुकोण(Deepika Padukone) : –
‘ओम शान्ति ओम’ फिल्ममा कारबाट ओर्लिएर हात हल्लाई क्युट डिम्पल स्माइलको साथ बलिउडमा कदम राखेकी हुन्। दीपिकाको दुवै गालामा डिम्पल बस्छ। प्रसिद्धिको उचाइ छोएकी दीपिकाको अहिले पनि मुस्कानको चर्चा हुने गर्छ।
• आलिया भट्ट(Alia Bhatt) : –
फिल्म निर्देशक महेश भट्टकी छोरी आलिया भट्ट अहिलेकी लोकप्रिय अभिनेत्री हुन्। आलियाले आफ्नो दमदार अभिनय कौशलताको दममा बलिउडको शीर्ष अभिनेत्रीहरुका सूचीमा आफूलाई पारेकी छिन्। अभिनय बाहेक उनको क्युट डिम्पल स्माइल पनि उनको पहिचान हो।
• बिपाशा बसु(Bipasha Basu) : –
बिपाशाले सन् २००१ मा बलिउडमा कदम राखेकी थिईन्। आफ्नो ग्ल्यामरस स्टाइलका साथसाथै बिपाशा गालामा परेका क्यूट डिम्पलका लागि पनि परिचित छिन्। फिटनेस फ्रिक बिपाशाको गालामा बन्ने डिम्पलले उनको सुन्दरतालाई अझ निखार्छ।