पिङ्क फ्रकमा ‘परी’ जस्ती देखिएकी यो प्यारी बच्चीलाई चिन्नुभयो ? अहिलेकी होनहार अभिनेत्री हुन्

एजेन्सी : देश-विदेशभर अहिले कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ। यहीँ कारण फिल्म र सिरियल्सको शूटिङ पहिलेको जस्तो रफ्तारमा अगाडी बढेको छैन। यहीँ कारण मनोरञ्जन जगतमा सक्रिय अभिनेता तथा अभिनेत्रीहरु अहिले सामाजिक सञ्जालमा सक्रिय हुन् थालेका छन्। पछिल्लो समय उनीहरुका व्यस्तता सामाजिक सञ्जालमा प्रष्टै आँकलन गर्न सकिन्छ। उनीहरु दैनिकजसो सामाजिक सञ्जालमा केही न केही पोस्ट गरी फ्यान्सलाई झुलाईरहन्छन्। हालै एक अभिनेत्रीले आफ्नो बाल्यकालको तस्बिर पोस्ट गरेकी थिईन्, जुन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

एउटी सानी परी जस्ती देखिने बच्चीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। तस्बिरमा सानी बच्चीले पिङ्क जुत्ता र फ्रक लगाएकी छिन् र ध्यान दिएर केही हेरिरहेकी छिन्। तस्बिरमा देखिएकी यो प्यारी सानी बच्चीलाई तपाईले शायद चिन्नुभएन् होला। उनी अरु कोहीँ नभएर अहिलेकी होनहार अभिनेत्री तापसी पन्नू (Taapsee Pannu) हुन्।

सामाजिक सञ्जालमा उनको बाल्यकालको झलकलाई फ्यानहरुले निकै मन पराइरहेका छन् र आ-आफ्ना प्रतिक्रिया दिइरहेका छन्।  तापसी पन्नूले बलिउडमा धेरैजसो महिला केन्द्रित फिल्महरुमा काम गरेकी छिन्। उनले दक्षिण भारतीय सिनेमा जगतमा पनि आफ्नो अभिनयको अलग छाप छोडेकी छिन्। उनी पिङ्क(Pink), थप्पड(Thappad), बदला (Badla), सांड की आँख(Saand ki aankh), मुल्क (Mulk) जस्ता शानदार फिल्महरुका कारण लोकप्रिय भएकी हुन्। उनले बलिउडमा फिल्म ‘चश्मे बद्दूर’ (Chashme Baddoor)  बाट कदम राखेकी हुन्।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिम्पलले झन् राम्री देखिन्छन् यी ५ अभिनेत्री, डिम्पल स्माइल देखेर मानिसहरु हुन्छन् सम्मोहित