आज बिहीवारको राशिफल र पञ्चाङ्ग : वृश्चिकलाई त्यति नराम्रो छैन दिन, गणेशजीको दर्शन गर्नुहोस्

माघ २० गतेको पञ्चाङ्ग : –
।।। दिन – बिहीवार ।।। नक्षत्र – शतभिषा , १९:१८ बजे उप्रान्त पूर्वभाद्रपदा ।।। तिथि – द्वितिय , ८:३१ बजे उप्रान्त तृतीया ।।। करण – कौलव ८:३१ बजेदेखि तैतिल , १९:५९ बजे उप्रान्त भद्रा ।।। योग – परिघ , २४:१३ बजे उप्रान्त शिव ।।। माघ २०, २०७८, बिहीवार ।।। 03 February, 2022 ।।। द्वितीया, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:५२ ।।। सूर्यास्त(sunrise) – १७:४५ ।।। शुभ साइत : पास्नी गर्ने साइत, होम गर्ने साइत, रुद्री गर्ने साइत, ब्रतबन्ध गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

काम गर्ने योजना मात्रै बन्ला, कार्यरूपमा परिणत गर्न सक्नुहुने छैन । दृढ इच्छाशक्तिको विकास भइसकेको देखिन्न । सामान्यखालको व्यावसायिक लाभ मात्रै होला । आर्थिक स्थिति मध्यमखालको रहनेछ । मनोरञ्जन र भोजभतेरमै बढी समय जाला ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पैसाको बचत हुने छैन । आयभन्दा व्यय बढी हुनाले आर्थिक अवस्था त्यति सुदृढ हुने देखिन्न । हातमा आएका सामान्य कामले मात्रै तपाईंको समस्या टार्लाजस्तो देखिन्न। पढाइ र लेखाइमा भने केही समय बढी नै जाला ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मनमा अलि-अलि भय भए पनि पहिलेको भन्दा सुध्रिएको छ । विरोधीहरू त छन् तर तिनीहरूसित मुकाबिला गर्न सक्ने शक्ति तपाईंमा क्रमिक रूपमा वृद्धि हुँदै छ । गणेशको आराधनाले आर्थिक अवस्था पनि सुदृढ हुँदै आउला । व्यापारसम्बन्धी काममा मध्यम प्रगति छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिनलाई राम्रै रूपमा लिन सकिन्छ । पहिलेको तुलनामा स्थिति सुध्रँदै आएको छ । सामान्यखालको व्यापार व्यवसायभन्दा बौद्धिकखाले व्यवसायले फाइदा देला । प्राविधिक क्षमतामा पनि विकास भएर आइरहेको छ । स्वास्थ्यस्थिति मध्यममात्र रहला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

अलि–अलि मनमा भय भए पनि काम बिग्रने छैन । केही गतिला कामहरू तपाईंको हातमा पर्न सक्छ । खर्च नघटे पनि त्यसलाई उपर गर्न सक्ने क्षमताको विकास भइरहनेछ । परिवारका लागि बढी खर्च होला । भैरवको दर्शन गरिरहनुहोस् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आजको दिन त्यति राम्रो छैन् । बेकारका झन्झट मात्र सामना गर्नुपर्ला । आगामी दिन भने तपाईंका लागि शुभप्रद देखिन्छन् । बौद्धिक स्थिति बिस्तारै परिमार्जित हुँदै छ। पढाइ र लेखाइमा समय थपेमा ज्ञानको निकै नै अभिवृद्धि होला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मध्यमखालको समय छ । आधा काम बन्ला भने आधा बाँकी रहला । मनमा चाहिने नचाहिने शङ्का र भ्रमले घेरिरहला, त्यसलाई समाधान गर्न नित्य पीपलमा जल हालिरहनुहोस् । जागिरबाट मात्रै हाल ठूलो भर मिल्ने देखिन्न । पढाइमा समय थप्नुहोस् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

त्यति नराम्रो दिन होइन । पहिलेको भन्दा सुधार हुँदै आएको छ । व्यावसायिक कामबाट बिस्तारै फाइदा होला । स्वास्थ्यस्थिति पनि पहिलेको भन्दा सुध्रिएको देखिन्छ । परिवारबाट पाइने सहयोगमा कमी हुने छैन । गणेशको दर्शन गर्नुहोस् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्चको क्रम त घट्ने छैन तर आम्दानी राम्रो हुनाले खास समस्या पर्लाजस्तो देखिन्न । शिक्षाको क्षेत्रमा राम्रै सुधार भएको छ । सानोतिनो पारिवारिक चिन्ताले भने सताइरहनेछ । शनिश्चरको आराधनाले ती चिन्ता बिस्तारै निर्मूल भएर जानेछन् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सानोतिनो स्वास्थ्य बाधा पर्ला र खर्च बढाउन सक्ला । परिवारबाट सहयोग मिल्ने देखिन्न । बरु कचिङ्गलकै सामना गर्नुपर्नेछ । मित्रहरूको मात्रै भर पनि नपर्नुहोस् । व्यापारको काममा समेत अनेकौँ व्यवधान आउला । पीपलमा जल हालिरहनुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आधा काम बन्ला भने आधा बाँकी रहलान् तर पनि ठूलो आर्थिक हानिको समय छैन । दैनिकी चलाउनका लागि ठूलो कसरत गर्नुपर्ने समय छैन । विपक्षीसँग मुकाबिला गर्न सक्षम हुनुहुनेछ । बौद्धिक स्थिति पनि पहिलेभन्दा परिमार्जित भइरहेको छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

खर्च र आय बराबरै जस्तो छ । त्यसैले बचत हुने समय हाल देखिन्न । सम्मान प्रतिष्ठामा वृद्धि नभए पनि ठूलो ह्रास होलाजस्तो छैन । व्यवसायले सामान्य लाभमात्र देला । कर्मठ भएर बौद्धिक काम गर्न सक्नुहुने छैन । बङ्गलामुखीको दर्शन गरिरहनुहोस् ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फाल्गुण संक्रान्तिको दिन सूर्य कुम्भ राशिमा प्रवेश गर्ने : यी ५ राशिमाथि रहनेछ विशेष कृपा, हुनेछ जबरदस्त धन लाभ