माघ गुप्त नवरात्री यही माग १९ गते देखि सुरु हुँदैछ । गुप्त नवरात्रिमा देवी दुर्गाका नौ रुपको पूजा गर्नुका साथै दश महाविद्धको पनि पूजा गरिन्छ । यस पटक गुप्त नवरात्रिमा रवि योग र सर्वार्थसिद्धि योग पनि परेको छ । यस योगबाट माता दुर्गाको पूजा गर्नु भन्दा धेरै गुणा बढी फल प्राप्त हुन्छ । यसबाहेक गुप्त नवरात्रिमा केही उपाय गर्नाले आर्थिक समस्या समाधान हुनुको साथै धन लाभ हुने मान्यता रहेको छ ।
गुप्त नवरात्रिमा रातो आसनमा बसेर माता दुर्गाको पूजा गर्नु शुभ मानिन्छ । रातो कपडामा नौ वटा ल्वांग राखेर नौ दिनसम्म एक-एक गरेर पूजा गर्नुहोस्। आरतीको समयमा सधैँ कपुर जलाउनुहोस् । नवरात्रि सकिए भएपछि नौ दिनसम्म चढाएको सबै ल्वांग एक रातो कपडामा बेरेर पैसा राख्ने स्थानमा राख्नुहोस् यसो गर्नाले धन सम्बन्धी सम्पूर्ण समस्या समाधान हुन्छ ।
माघ गुप्त नवरात्रिमा गरेक बिहानको समयमा माता लक्ष्मीको पूजा गर्नुहोस् र हरेक साँझ माता लक्ष्मीको अगाडि घिउको दियो पनि बाल्नुहोस्। यस बाहेक श्रीसुक्तको पाठ गर्नुहोस्।
साथै गुप्त नवरात्रिको समयमा व्यापार व्यवसायमा समस्या आएका सबैले कुनै दिन काँचो धागोलाई बेसार लगाएर पहेँलो बनाउनुहोस्। त्यसपछि यसलाई माता लक्ष्मीलाई अर्पित गरी गलामा लगाउनुहोस्। यसबाट व्यापार व्यवसायमा मनग्गे धन लाभ हुनेछ ।
गुप्त नवरात्रिमा हरेक बिहान माता दुर्गाको पूजा गर्नुहोस्। पूजाको समयमा मातालाई रातो फूल चढाउनुहोस्। त्यसपछि सिद्ध कुञ्जिका स्तोत्रको पाठ गर्नुहोस्। यस कार्यबाट माता दुर्गाको कृपा प्राप्त भई ऋणबाट मुक्ति मिल्ने मान्यता रहेको छ ।