।।।। राशीको चिन्ह(Zodiac symbol) – माछा(Fish) ।।।। नक्षत्र(Constellation) – पाइसेज (Pisces ) ।।।। राशि तत्व(Zodiac element) – पानी(Water) ।।।। राशिको गुण(Zodiac quality) – पारस्परिक(Mutable) ।।।। राशि ग्रह – बृहस्पति(Jupiter) र वरुण(Neptune) ।।।। शत्रु(Detriment) – बुध(Mercury) ।।।। राशि देवता(Exaltation) – शुक्र (Venus) ।।।। फल(Fall) – बुध (Mercury)
मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : मीन राशिका मानिसको लागि यो वर्ष शुभ साबित हुनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यमा सफलता मिल्ने सम्भावना उच्च रहन्छ। यो पूरा वर्ष तपाईलाई भाग्यले पनि साथ दिनेछ। आकस्मिक सफलता प्राप्त हुनेछ। कुनै पनि कार्यमा ढिलासुस्ती आउँदैन ।
२०२२ मा तपाईंको आर्थिक पक्ष सबल रहनेछ। पहिले लिइएको ऋण तिर्न सफल भइनेछ। आयको तुलनामा व्यय बढी हुनेछ। सेयर बजारमा संलग्न मानिसले ध्यान दिनु पर्नेछ। स्वास्थ्य तथा हार्डवेयरको व्यवसाय गर्ने मानिसको लागि यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। वर्षको अन्त्यतिर धन लाभ मिल्ने सम्भावना छ।
वर्षको सुरुवातमा प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुनसक्छ। सानो-तिनो वाद-विवाद पनि हुनसक्छ। तर समयसँगै सम्बन्धमा सुधार आउनेछ। प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ। कार्यक्षेत्रमा भने सहकर्मीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।
कार्यक्षेत्र परिवर्तन गर्न चाहने मानिसको लागि यो वर्ष अत्यन्त शुभ रहनेछ। रोजगार क्षेत्रमा पदोन्नतीको पनि सम्भावना रहेको छ। प्रतिस्पर्धी पराजित हुनेछन्। वैदेशिक रोजगारको योजना बनाइरहेका मानिसको लागि भने समय राम्रो छैन।
स्वास्थ्यको हिसाबले भन्नु पर्दा यो वर्ष तपाईंलाई मुटु, रगत, नशा तथा हड्डी सम्बन्धि समस्याले सताउन सक्छ। त्यसैले, स्वास्थ्य प्रति सजग रहनुहोला। छाला तथा प्रजनन समस्याबाट छुटकारा मिल्नेछ।
यो साल कला, साहित्य र मनोरञ्जन क्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ। वैदेशिक शिक्षाको योजना गरेका विद्यार्थीको लागि भने समय त्यति अनुकूल नरहला। प्राविधिक शिक्षाका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गर्न सक्छन्।