यस प्रतियोगीले जितिन् ‘बिग बोस’ को ट्रफी, विजेताले पाए यति धेरै रकम !

भारतको सानो पर्दाको चर्चित शो ‘बिग बोस सिजन १५’ ले विजेताको नाम सार्वजनिक गरेको छ । आइताबार भएको फाइनलमा विजेताको नाम सार्वजनिक भएको हो । चर्चित अभिनेत्री तेजस्वी प्रकाश यो सिजन विजेता बनेकी छिन् । प्रतिक सहजपाल फस्ट रनर-अप बनेका छन् भए करण कुन्द्रा सेकेन्ड रनर-अप बने । तेजस्वीले अब शोको ट्रफीसँगै ४० लाख रुपैयाँ नगद पुरस्कार पाएकी छिन् ।


ग्राण्ड फिनालेमा उत्कृष्ट ५ प्रतियोगी मध्ये निशान्त भट्ट आफैँ १० लाख रुपैयाँ लिएर शोबाट बाहिरिएका थिए, जसलाई शोका होस्ट सलमान खानले पनि सही गरेको भनेका थिए । यसपछि तेजस्वी, करण, प्रतीक र शमिता शेट्टीक सहित ४ जना मात्रै प्रतियोगी बाँकी थिए । तर भोटको आधारमा कम भोट आएपछि शमिता पनि शोबाट बाहिरिएकी थिइन् ।

‘बिग बोस’ को इतिहासमा पहिलो पटक यस्तो भएको छ । यस पटक ग्रेंड फिनालेलाई एकै दिनमा दुई भागमा प्रसारण गरिएको छ। आइतबार राति ८ बजेबाट सुरु भएको यस शोको मध्यमा १० देखि ११ बजेसम्म नयाँ शो ‘हुनरबाज’ प्रशारण भएको थियो । यसपछि फेरि बिग बोस १५ सुरु भएको थियो ।

प्रकाशित : सोमबार, माघ १७, २०७८११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै ?