भारतको चर्चित शो ‘बिग बोस १५’ विजेताको नाम सार्वजनिक हुन अब केही समय मात्र बाकिछ । तर यसैबिच सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ जसमा शोको विजेताको नाम सार्वजनिक गरिएको छ । यो तस्वीर निकै भाइरल भइरहेको छ । यस पोस्टले अहिले सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग पैदा गरेको छ ।
सार्वजनिक पोस्टमा शो ‘बिग बोस १५’ को विजेताको नाम उल्लेख गरिएको छ । यस पोस्ट देखेर मानिसहरु अहिले छक्क परेका छन् । अहिले सामाजिक सञ्जालमा एक ‘बिग बोस टक’ नाम पेजबाट प्रतीक सहजपाललाई ‘बिग बोस १५’ को विजेता घोषित गरेको छ भने शमिता शेट्टीलाई उपविजेता घोषित गरिएको छ।
‘बिग बोस १५’ फिनालेमा हालसम्म घरमा ५ फाइनल बाँकी छन् । यी फाइनलमा करण कुन्द्रा, तेजस्वी प्रकाश, शमिता शेट्टी, प्रतीक सहजपाल र निशान्त भाट रहेका छन् । ‘बिग बोस १५’ को प्रोमोमा देख्न सकिन्छ । यस भन्दा पहिले ‘बिग बोस’ को ट्रफी जितेका धेरै विजेताहरु घर भित्र रहेका छन् ।
अहिले सार्वजनिक यस पोस्टलाई आधिकारिक मानिएको छैन । यस्तो अवस्थामा यस पटक बिग बोस १५ को ट्रफी पोस्टमा जसको नाम लेखिएको छ उसले जित्छ कि अन्यले नै जित्नेछ आज बेलुका थाहा हुनेछ ।