श्रीमानको तुलना सलमान खानसँग गर्ने अभिनेत्री आँचलले सार्वजनिक गरिन् यस्ता तस्वीर !

पछिल्लो समयमा अभिनेत्री आँचल शर्मा अभिनय क्षेत्र भन्दा पनि उनले राखेको धारणा र सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् ।

अहिले अभिनेत्री आँचल शर्माले उनको श्रीमान् उदिप श्रेष्ठको साथमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा यस जोडीलाई निकै सुन्दर देखिएको छ । केही समय पहिले अभिनेत्रीले उनको श्रीमान् सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । जसको कारण केही सामाजिक सञ्जाल प्रयोग कर्ताले अभिनेत्रीको भनाइलाई ट्रोल बनाएका थिए ।

केही समय पहिले अभिनेत्री आँचलले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो श्रीमान् सलमान खान जस्तै लाग्ने बताएकी थिइन्। अहिले सलमान र आँचलको शर्माको श्रीमानको तस्वीर जोडेर सामाजिक सञ्जालमा ट्रोल बनाई रहेका छन् ।

केही समय पहिले तेलगु फिल्म “हिट-म्यान” को घोषणा कार्यक्रममा एक सञ्चार कर्मीले अभिनेत्रीलाई सोही विषयमा प्रश्न गरेका थिए। जसमा आँचलले हाँस्दै गज्जबको उत्तर दिएकी थिइन्। उनले भनिन्, ‘सलमान खान मलाई पहिलेदेखि मन पर्छ। उहाँको काम, बडी सबै निकै मन  पर्छ। मैले त्यस्तै बडी भएको हिसाबले मेरो श्रीमान् सलमान जस्तै लाग्छ भनेकी थिएँ। श्रीमानको राम्रो मान्छेसँग तुलना हुँदा खुसी लाग्छ।’

प्रकाशित : आइतबार, माघ १६, २०७८१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घोडामा बसेका यी बालक अहिलेको समयमा आफूभन्दा ११ वर्ष जेठी बलिउड अभिनेत्रीको प्रेममा परेका छन्, चिन्नुभयो ?