चर्चित अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समयमा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जसलाई फ्यानले निकै मन मराएका छन् । केही समय पहिले चर्चित फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको थियो ।
उक्त्त फिल्ममा अभिनेत्री उपासनाको अभिनयको निकै चर्चा साथै प्रशंसा भएको पाउन सकिन्छ । अहिले अभिनेत्री एक नयाँ फिल्ममा काम गरिरहेकी छिन् । हाल छायाँकनको क्रममा रहेको फिल्म ‘डिसेम्बर फल्स’ पश्चात् पनि अभिनेत्रीलाई थुप्रै फिल्मको अवसरहरु आएका छन् । कोरोनाको कारण थलिएको फिल्म क्षेत्र अहिले केही मात्रामा चलायमान हुन थालेको छ ।
हालसम्म कुनै पनि किसिमको विवादमा नतानीए पनि अभिनेत्री उपासना बेला-बेलामा बो-ल्ड फोटो सुटको कारण चर्चामा आउने गरेकी छिन् । हालै अभिनेत्रीले गराएको फोटो सुट नयाँ भने हैन यस भन्दा पहिले पनि विभिन्न भारतीय अभिनेत्रीले यस किसिमको फोटो सुट गरी सकेका छन् । सार्वजनिक तस्वीरमा अभिनेत्री केही फूलको गुच्छाले आफ्नो छाती छोपेर तस्वीर सुट गराएकी छिन् ।