भोलि माघ १३ गतेको राशिफल : यी ४ राशिलाई शुभ छ भोलिको दिन, तपाईको दिन कस्तो रहला ?

भोलि माघ १३ गतेको पञ्चाङ्ग : –
•• दिन – बिहीवार •• नक्षत्र – अनुराधा , २८:१६ बजे उप्रान्त ज्येष्ठा •• तिथि – दशमी , २२:४५ बजे उप्रान्त एकादशी •• करण – वणिज ११:५३ बजेदेखि भद्रा , २२:४५ बजे उप्रान्त कौलव •• योग – वृद्धि , २२:३६ बजे उप्रान्त ध्रुव •• माघ १३, २०७८, बिहीवार •• 27 January, 2022 •• दशमी, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५५ •• सूर्यास्त(sunrise) – १७:३९ •• शुभ साइत : पास्नी गर्ने साइत, होम गर्ने साइत, बिवाह गर्ने साइत, पसल खोल्ने साइत, घर सर्ने साइत ••

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

नयाँ कार्य गर्ना प्रेरणा मिल्नेछ । यधपी विचारमा स्थिरताको अभाव रहनाले केहि मामलामा अल्झिनुहुनेछ । पेसा वा व्यवसायमा प्रतिस्पर्धात्मक वातावरण रहनेछ । छोटो यात्राको संयोग खडा हुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिमागको निडर मनोवृत्तिले तपाईंलाई महत्त्वपूर्ण अवसरहरूबाट वञ्चित गर्दछ । नयाँ काम सुरु गर्न उपयुक्त दिन रहेको छैन।
आर्थिक लाभ हुनेछ।विद्यार्थीहरूको लागि राम्रो समय रहेको छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन ताजगी र स्फूर्तिले परिपूर्ण रहनेछ। उत्कृष्ट खाना, सुन्दर कपडा र मित्र आफन्तसंग दिन आनन्दमय रहनेछ । दाम्पत्यजीवनमा सुख-सन्तोषको भावना रहनेछ । आर्थिक लाभ र आयोजनको लागि अनुकुल दिन रहेको छ । खर्च अधिक हुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

परिवारमा मनमुटाव हुनेछ र मानसिक बेचैनी रहनेछ । मनमा दुविधा रहनेछ त्यसैले महत्त्वपूर्ण निर्णय नलिनुहोला। कसैसँग वाद-विवाद होला। मानहानि र धन हानि होला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन लाभदायक साबित हुनेछ । हातमा आएको अवसरलाई नगुमाउनुहोला । स्त्री मित्रसँग भेट हुनेछ । वृद्द्को आशीर्वाद प्राप्त गर्नुहुनेछ । घरमा माँगलिक कार्य हुनेछ । व्यापारीको व्यपार वृद्धि होगी। बाहिर जाने अवसर प्राप्त हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

काम सुरू गर्नका लागि मनमा रहेको योजनाहरू साकार हुनेछन् । पितासँग आत्मियता बढ्नेछ । व्यवसायी र रोजगारी खोज्नेहरूले
आफ्नो क्षत्रमा राम्रो गर्नेछन् । पारिवारिक जीवनमा शान्ति र सद्भाव हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नयाँ कार्य प्रारम्भ गर्नुहुनेछ । लामो यात्रा वा तिर्थ यात्रा गर्नुहुनेछ । विदेशगमनको लागि अवसर निर्माण हुनेछ । विदेशमा बसोबास गर्ने साथीहरू वा प्रियजनहरूबाट समाचारहरू प्राप्त हुनेछ । स्वास्थ्य शुभ रहनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

बोलि र व्यवहारमा ध्यान दिनुहोला। दैनिक कार्यको साथसाथै नयाँ कार्यमा हात नहाल्नुहोला । बिराम हुने योग रहेको छ । त्यसैले खानामा ध्यान दिनुहोस्। अचानक पैसा लाभ हुनेछ। आध्यात्मिक अभ्यासको लागि राम्रो समय हो ।

• धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

पार्टी पिकनिक बस्ने, सुन्दर खाना र कपडा दिनको विशेषता हुनेछ । विपरीत लिंगको व्यक्तिसँग भेट गर्नु उत्साहजनक हुनेछ। विवाहित जीवनको सुख प्राप्त हुनेछ । सार्वजनिक सम्मान र प्रसिद्धि प्राप्त हुनेछ। बौद्धिक, तार्किक विचार – विनिमय हुनेछ।
सहभागितामा फाइदा हुन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

ब्यापार व्यवसायको विकास र आर्थिक योजनाका लागि दिन शुभ रहेको छ । आयात-निर्यात व्यापारीहरूले लाभ उठाउनेछन्। परिवारमा हर्षको वातावरण हुनेछ। आर्थिक लाभ हुनेछ । विपक्षीको चाल निरर्थक हुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मानसिक अशान्ति र चिन्तामय दिन रहनेछ । विचार बद्लिरहनुको कारण अनिर्नायाकता रहनेछ । सन्तानको प्रश्नले समस्यामा पार्नेछ । कार्य निष्फलताले समस्या पैदा गर्नेछ ।साहित्य लेखनको लागि अनुकुल दिन रहेको छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पारिवारिक सदस्यसँग मतभेद हुन सक्ला सावधान रहनुहोला । आमाको स्वास्थ्यको चिन्ताको कारण बन्नेछ ।मानसिक चिन्ता र धन हानि हुनेछ । पेसामा समस्या खडा हुनेछ । स्त्रीसँग सम्बन्ध हानिकारक रहनेछ ।

प्रकाशित : बुधबार, माघ १२, २०७८२०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माघ १३ गतेको राशिफल : यी राशिलाई शुभ फलदायी छ आजको दिन, तपाईको लागि अनुकूल-प्रतिकूल कस्तो रहला ?