भोलि माघ १२ गतेको पञ्चाङ्ग : –
•• दिन – बुधवार •• नक्षत्र – स्वाती ७:१३ बजेदेखि विशाखा , २९:५० बजे उप्रान्त ज्येष्ठा •• तिथि – नवमी , २४:५८ बजे उप्रान्त दशमी •• करण – तैतिल १४:०० बजेदेखि गर , २४:५८ बजे उप्रान्त वव •• योग – गण्ड , २५:३८ बजे उप्रान्त वृद्धि •• माघ १२, २०७८, बुधवार •• 26 January, 2022 •• नवमी, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५५ •• सूर्यास्त(sunrise) – १७:३८ •• कार्यक्रमहरू : अन्तराष्ट्रि्य भन्सार दिवस(International Customs Day) ••
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
भोलि तपाईले प्रेमलीलाको अवसर पाउनुहुनेछ। कलेजका दिनहरूका मिठा सम्झनाहरू र ती दिनहरूमा विपरित लि;-ङ्गी व्यक्तिहरूप्रति तपाईले महसुस गर्नुभएको आकर्षणले तपाईलाई सताउनुहुनेछ। तपाईको जीवनमा पक्कै पनि कसैले प्रवेश गर्नेछ र तपाईले उनको लागि विशेष लगाव अनुभव गर्नुहुनेछ। यदि तपाई आफ्नो प्रिय व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने सोचमा हुनुहुन्छ भने भोलिको दिन सबैभन्दा शुभ दिन हो।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
भोलिको दिन तपाईको लागि शुभ फलदायी छ। तोकिएको काममा सफलता मिल्नेछ। अधुरा काम पुरा हुनेछन्। शारीरिक – मानसिक रुपमा स्वस्थ बन्नुहुनेछ। शुभ समाचार प्राप्ति हुनेछ। खराब स्वास्थ्यमा सुधार आउनेछ। नोकरीपेशामा लाभ मिल्नेछ। सहकर्मीबाट सहयोग मिल्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सन्तान र जीवनसाथीको स्वास्थ्य अवस्थाले तपाईलाई चिन्तित बनाउनेछ। विवाद या बहसमा नफस्नुहोला। महिला मित्रलाई तपाईलाई धेरै खर्च गराउनेछ। तपाईको प्रतिष्ठामा आँच आउन सक्छ। पेट दुख्ने या पेटमा समस्या आउन सक्छ। भोलि कुनै नयाँ कामको थालनी नगर्नुहोला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
भयभीत महसुस गर्नुहुनेछ। छातीमा दुखाइ वा असुविधा हुन सक्छ। परिवारमा मनमुटाव र मतभेद हुन सक्छ। समाजमा तपाईको आत्मसम्मानमा ठेस पुग्नेछ र त्यसका कारण तपाई दुःखी हुनुहुनेछ। खाना समयमै उपलब्ध हुने छैन। अनिद्राको समस्याले पनि सताउनेछ। खर्चमा वृद्धि हुनेछ र तपाईले गरेको कामको जश पाउनुहुनेछैन।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
काममा सफलता र प्रतिद्वन्द्वीहरूमाथि विजय प्राप्त हुनाले तपाईको जोश र जाँगर बढ्नेछ। साथीभाइसँग मिलेर घरको बारेमा योजना बनाउनुहुनेछ। मित्र तथा आफन्तसँग यात्रा गर्न सकिनेछ । स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। प्रियजनहरूसँग मिलेर आनन्दको अनुभूति गर्नुहुनेछ। एकाग्रताका साथ नयाँ कामको थालनी गर्न सकिनेछ। तपाईलाई भाग्यले साथ दिनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
भोलि घरमा अशान्ति हुनेछ। मिठो बोली र असल व्यवहारका कारण तपाई मानिसहरुको प्रियपात्र बन्नुहुनेछ। आर्थिक लाभ हुनेछ। मिठाई र स्वादिष्ट भोजनको उपलब्धता हुनेछ। विद्यार्थीहरूका लागि समय राम्रो छ। मोज-सोखमा बढी खर्च हुने सम्भावना छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आफ्नो कलाकौशलता देखाउने उचित समय पाउनुहुनेछ। तपाईको कलात्मकता र रचनात्मकता निखारिनेछ। तन-मनमा अधिक ताजगी अनुभव गर्नुहुनेछ। साथीभाइ र परिवारका सदस्यहरूसँग रमाइलो गर्नुहुनेछ। आर्थिक लाभ मिल्नेछ। मिष्ठान्न भोजन, नयाँ वस्त्र, लत्ताकपडा तथा सवारी साधनको उपलब्धता हुनेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ र काममा सफलता पाउनुहुनेछ। दाम्पत्य जीवनमा पनि शान्ति र सद्भाव रहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
शुभ समाचार प्राप्त हुने योग छ। मनोरञ्जनका लागि अलि बढी खर्च गर्नुहुनेछ। जीवनसाथीसँगको सम्बन्ध निकै प्रगाढ हुनेछ। कानुनी मामिलामा सावधानी अपनाउनुपर्नेछ। कार्यस्थलमा महिला मित्रबाट सहयोग पाउनुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
प्रेमको सुखद क्षणको आनन्द उठाउनुहुनेछ। भोलिको दिन आर्थिक, सामाजिक र पारिवारिक दृष्टिकोणले राम्रो छ। पारिवारिक जीवनमा सुख शान्तिको वातावरण रहनेछ। महिला मित्रहरुबाट सहयोग मिल्नेछ र प्रवासको सम्भावना देखिन्छ। आयश्रोत बढ्नेछ। व्यापारमा वृद्धि र लाभ हुन् सक्छ। अविवाहितको विवाह हुनेछ। केही शुभ अवसर आउनेछ र स्वादिष्ट भोजनको आनन्द लिन सक्नुहुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
भोलि तपाईको व्यापारमा आम्दानी तथा प्रतिष्ठा बढ्नेछ। नोकरीमा परिश्रमको उचित फल प्राप्त हुनेछ। परिवार एवं सन्तानले सन्तुष्टि र खुशी दिनेछ। व्यापार व्यवसायमा अलि व्यस्तता बढ्नेछ। नोकरीमा उच्च पद प्राप्त हुन् सक्छ। सरकारी काममा सफलता मिल्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
शारीरिक रूपमा अस्वस्थ महसुस गर्नुहुनेछ। परन्तु मानसिक स्थिति राम्रो रहनेछ। उर्जा घट्दै गएको प्रतीत हुन्छ। कार्यालयमा उच्च अधिकारीहरूसँग विचार गरेर संवाद गर्नुहोला। प्रतिद्वन्द्वीहरूसँग वादविवाद गर्नबाट बच्नुहोला। मोज-मस्तीमा खर्च बढ्नेछ। प्रवासको सम्भावना छ। शुभ समाचार प्राप्त हुनेछ। सन्तानको चिन्ताले पिरोल्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। व्यापारीहरूले आफ्नो रोकिएको पैसा फिर्ता पाउनेछन्। कामको चापले तपाईलाई शारीरिक र मानसिक रूपमा थकित पार्नेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। खर्चमा वृद्धि हुनेछ। तपाईको गलत मनोवृत्तिले समस्याहरू थप्न सक्छ। अध्यात्मले गलत बाटोबाट टाढा राख्नेछ।