१५ वर्ष पुरानो ‘कि;-स’ मामिलामा अदालतबाट शिल्पा शेट्टीले बल्ल पाईन् राहत

एजेन्सी : सन् २००७ मा भारतको राजस्थानमा एड्स विरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको थियो। जसमा बलिउड अभिनेत्री शिल्पा शेट्टी र हलिउड अभिनेता रिचर्ड गेरे सहभागी थिए ।

मञ्चमा शिल्पा र रिचर्ड थिए। अचानक रिचर्डले शिल्पालाई आफ्नो अङ्गालोमा बेरे र गालामा चु;-म्बन गरे। रिचर्डले शिल्पालाई यति चाँडो चु;*म्बन गरे कि शिल्पाले नाईनास्ति गर्ने मौकै पाइनन्। उनी एकछिन लाटी भईन्। उनलाई वास्ताविकता आउन केही समय लागेको थियो। यो विषयले निकै हंगामा भएको थियो।

बिचरी शिल्पालाई तब फसाद् पर्यो जब उनीविरुद्ध राजस्थानमा र गाजियाबादमा सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा मुद्दा दर्ता भयो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछि उक्त मुद्दालाई मुम्बई सारिएको थियो। शिल्पाका अधिवक्ताले शिल्पालाई आरोप मुक्त गर्न अदालतमा निवेदन दिएको थिए।

अन्ततः १५ वर्षपछि शिल्पालाई यो मामिलामा राहत मिलेको छ। अदालतले उनलाई सफाइ दिएको छ ।

अदालतका अनुसार घटनालगत्तै शिल्पाले आफ्नो पक्षमा मत राखेकी थिइन् । शिल्पामाथि लागेको आरोप निराधार भएकाले उनलाई सफाइ दिइएको बताईएको छ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रवि तेजा : ३ दशकदेखि साउथमा तहल्का मच्चाईरहेका उनी बल्ल गर्दैछन् हिन्दी डेब्यु