काठमाडौँ : ज्योतिषशास्त्र अनुसार १२ राशिका मानिसहरुको व्यवहार, स्वभाव र भविष्य फरक-फरक हुन्छ। ९ ग्रह र १२ राशिका आधारमै व्यक्तिको भविष्य र प्रकृतिबारे आँकलन गर्न सकिन्छ। मानिसहरुका मन पर्ने र मन नपर्ने चीजहरु पनि अलग हुन्छन्। आज हामी तपाईलाई भाग्यभन्दा कर्ममा बढी विश्वास गर्ने ४ यस्ता राशिका बारेमा बताउन गइरहेका छौँ। यस राशिका मानिसहरु कर्म गरेर आफ्नो भाग्य बदल्न सकिन्छ भन्ने विश्वास गर्छन्। यहीँकारण यी राशिमा शनि देवको कृपा रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका मानिसहरु मेहनती हुन्छन्। उनीहरुका लागि असम्भव भन्ने कुरा हुँदैनं। यस राशिका जातकहरुले कुनै पनि चीज सजिलै हासिल गर्छन्। वृष राशिमा शुक्र देवको आधिपत्य हुन्छ। यिनीहरु कर्ममा विश्वास गर्छन्। कुनै पनि समयमै पूरा गर्ने यिनको बानी हुन्छ। आफ्नै मिहिनेतले यिनीहरु धनी बन्छन्। ज्योतिष शास्त्रका अनुसार शुक्र देव र शनि देवमा मित्रता भाव हुने भएकोले यस राशिका जातकमा शनि देवको कृपा हुन्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकमा पनि शनिदेवको विशेष कृपा हुन्छ। मकर राशिमा पनि शनिदेवको आधिपत्य हुन्छ। यसकारण यिनीहरु कर्मठ र संघर्षशील हुन्छन्। यिनीहरु आफ्नो काम समय भन्दा पहिल्यै पूरा गर्नमा विश्वास गर्छन्। परिश्रमी भएर जीवनमा राम्रो स्थान हासिल गर्नेछन्। यस राशिका जातक दिमागले धेरै तेज हुन्छन्। यिनीहरु आफ्नो भाग्य आफैँ बनाउनेमा विश्वास गर्छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
ज्योतिष शास्त्र अनुसार कन्या राशिका मानिस निकै संघर्षशील र मेहनती मानिन्छ। यिनीहरु स्वभावले धेरै मिलनसार हुन्छन्। कठिन चुनौतीहरु पनि यिनले डटेर सामना गर्छन्। यिनीहरुले जीवनमा धेरै प्रगति गर्नेछन्। कन्या राशिमा बुध देवको आधिपत्य हुन्छ। यहीँकारण कन्या राशिका जातक व्यापारमा दक्ष र मनी-माइन्डेड हुन्छन्। यिनले व्यापारमा आफ्नो दिमाग खुब लगाउँछन् र मनग्यै धन कमाउँछन्। ज्योतिष अनुसार बुध ग्रह र शनिमा मित्रता हुने कारण शनि देवको कृपा यिनमा सदैव रहन्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका मानिस निकै प्रभावशाली हुन्छन्। कुनै पनि काममा सफलता हासिल गरेपछि मात्र यिनले विश्राम लिन्छन्। यिनको सोच अलि फरक हुन्छ। यिनको लागि कुनै पनि काम असम्भव भन्ने हुँदैन्। कुम्भ राशिको स्वामी न्याय दाता शनिदेव हुन्, यसकारण यिनीहरु भाग्यमा भन्दा बढी कर्ममा विश्वास गर्छन्। यिनीहरु मेहनतकै दममा अगाडी बढ्छन्।