एजेन्सी : आजकाल बलिउड सेलेब्सका बाल्यकालका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यसै क्रममा एकपटक फेरि पनि बलिउडकी एक अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। यो तस्बिर हेरेरे फ्यान्सले अनेक प्रतिक्रियाहरु दिएका छन्। यो फोटोमा देखिएकी बच्ची स्कुल युनिफर्ममा छिन् र उनी निकै क्युट देखिएकी छिन्। तर अधिकांस मानिसहरुले यो बाल्यकालको तस्बिर कुन अभिनेत्रीको भनेर चिन्न सकिरहेका छैनन्।
तस्विरमा आफ्नो क्यूटनेसले सबैको मन जित्ने यो बच्ची अरु कोही नभई साउथ तथा बलिउड अभिनेत्री तापसी पन्नु(Taapsee Pannu) हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो तस्बिर तापसी पन्नु विद्यालयमा भएको खेलकुद प्रतियोगितामा प्रथम हुँदा खिचिएको थियो। फोटोमा मन्द मुस्कानका साथ उनी पहिलो स्थानमा पुरस्कार लिएर उभिरहेकी छिन्। तापसी पन्नुको यो तस्बिरलाई फ्यानले निकै मन पराएका छन्। योसँगै उनको तस्बिरमा प्रतिक्रियाहरुको वर्षात् भएको छ। तापसीको बाल्यकालको यो फोटोलाई फ्यान्सले असाध्यै मन पराएका छन्।
वर्कफ्रन्टको कुरा गर्ने हो भने तापसी पन्नू पछिल्लो पटक विक्रान्त मेसी(Vikrant Massey) र हर्षवर्धन राणे(Harshvardhan Rane)सँग हसीन दिलरुबा(Haseen Dillruba)मा देखिएकी थिइन्। तापसी पन्नु सामाजिक सञ्जालमा निकै सक्रिय छिन। उनको गन्ती बलिउडको शीर्ष सफल अभिनेत्रीहरुका सूचीमा आउँछ।