देवताको गुरु ‘बृहस्पति’ को असर : आउँदो ८२ दिन यी ५ राशिलाई धेरै शुभ, मिल्नेछ मनग्यै लाभ

काठमाडौँ : भाग्यवृद्धि हुने बृहस्पति ग्रहको सहयोगले मानिसलाई कुनै पनि काममा सफलता मिल्न निकै सहज हुन्छ। त्यसैले ज्योतिषशास्त्रमा बृहस्पति ग्रहलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। हाल बृहस्पति ग्रह कुम्भ राशिमा छ र अप्रिल १३, २०२२ सम्म यो राशिमा रहनेछ। यस अवधिमा बृहस्पति पाँच राशिको आर्थिक अवस्था, करियर, पारिवारिक जीवन आदिका लागि निकै शुभ साबित हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिले धन प्राप्त गर्नेछन्। करियर–व्यवसायमा धेरै प्रगति हुनेछ। नयाँ घर-गाडी किन्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। समग्रमा, जीवनको हरेक पक्षमा खुशी रहनेछ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशि हुनेहरुका लागि यो समयमा आर्थिक स्थिति सुदृढ हुने देखिन्छ। आम्दानीमा हुने वृद्धिले ठूलो राहत मिल्नेछ। भाग्यको सहयोगले हरेक काम समयमै पूरा हुनेछन्। मान-सम्मानका साथै पदोन्नतीको पनि सम्भावना रहेको छ। घरमा सुख-समृद्धि रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि यो समयमा धेरै पुराना समस्याको अन्त्य हुने देखिन्छ। तपाईंको जीवन सुख-समृद्धिले भरिपूर्ण हुनेछ। पैसाको अभाव हट्नेछ। विभिन्न कार्य तपाईंको हात लाग्नेछन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका मानिसको लागि यो समय व्यापार-व्यवसाय क्षेत्रमा निकै उत्कृष्ट रहनेछ। धन लाभ हुनेछ। नयाँ प्रस्तावहरू प्राप्त गर्न सकिन्छ, जुन धेरै लाभदायक साबित हुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो समय बृहस्पतिको प्रभावले वृश्चिक राशिका व्यक्तिहरूलाई पद, धन र इज्जत सबै कुरा दिनेछ। करियरमा धेरै प्रगति हुनेछ। पारिवारिक जीवन राम्रो रहनेछ।

प्रकाशित : आइतबार, माघ ०९, २०७८१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिप्लो घसेर मान्छेलाई मूर्ख बनाउन खप्पिस हुन्छन् यस राशिका जातक