भोलि माघ ७ गतेको राशिफल : मिथुन, कर्कट र धनुसहित यी ४ राशिलाई धन लाभको योग, चम्किनेछ भाग्य

भोलि माघ ७ गतेको पञ्चाङ्ग : –
•• दिन – शुक्रवार •• नक्षत्र – मघा , ९:०३ बजे उप्रान्त पूर्वफाल्गुनी •• तिथि – तृतीया , ७:४३ बजे उप्रान्त चतुर्थी •• करण – भद्रा ७:४३ बजेदेखि वव , १९:४६ बजे उप्रान्त तैतिल •• योग – सौभाग्य , १४:४६ बजे उप्रान्त शोभन •• माघ ०७, २०७८, शुक्रवार •• 21 January, 2022 •• तृतीया, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५७ •• सूर्यास्त(sunrise) – १७:३४ •• कार्यक्रमहरू : काशी-बडागणेश चतुर्थी ••

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको लागि व्यस्त रहनेछ। तपाईले सन्तानको शैक्षिक कामकाज पूरा गर्न दौडधुपमा गर्नुपर्नेछ, जसकारण आफ्नो व्यवसायमा ध्यान दिनसक्नुहुनेछैन। साँझको समयमा भागदौडको कारण थकाई लाग्ने, टाउको दुख्ने जस्ता समस्याले पिरोल्न सक्छ। समग्रमा भन्नुपर्दा तपाईको दिन सुखद् रहनेछैन।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको लागि दिन मध्यम फलदायी रहनेछ। यदि तपाईले आफ्नो व्यवसायको लागि कसैसँग सहयोग माग्नुभएमा अवश्यै सहयोग पाउनुहुनेछ। जागिर गर्ने जातकले शुभ समाचार पाउनेछन्। व्यापार-व्यवसाय सुस्त हुने देखिन्छ। आफ्नो जीवनसाथीसँग महत्वपूर्ण योजनाबारे विचार विमर्श गर्नु उत्तम हुनेछ। आमापट्टिका आफन्तजनसँग भेटघाट हुन् सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईले सत्ताधारी शक्तिको भरपूर सहयोग पाउनुहुनेछ। सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले सामाजिक कार्यमा भाग लिनेछन्, जसको फाइदा उनीहरूलाई अवश्य मिल्नेछ। घरको रङ्गरोगनको काममा खर्च हुन्छ। घरपरिवारमा विवादको स्थिति उत्पन्न हुन्छ। लामो समयदेखि रोकिएका धन फुकुवा हुनेछ, जसले तपाईको आर्थिक स्थिति मजबूत हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको लागि दिन समन्या रहनेछ। तपाईले परिवारको आवश्यकता पूर्ति गर्दा परिवारका सम्पूर्ण सदस्य प्रसन्न हुनेछन्। आमाले तपाईलाई केही काम पूरा गर्न आदेश दिनुहुनेछ। जीवनसाथीबाट केही उपहार पाउनुहुनेछ। नयाँ व्यापार थालनीको सोच आउन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

भोलिको दिन केही विशेष काम गर्ने दृढ विचार आउन सक्छ, जसले गर्दा तपाई भोलि दिनभर व्यस्त रहनुहुनेछ। तपाईको आमा तपाईसँग असन्तुष्ट बन्नुहुनेछ। जीवनसाथीलाई प्रसन्न पार्ने हरदम प्रयास गर्नुहोला। विद्यार्थी वर्गको लागि दिन सुखद् रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

नयाँ कामको शुरुवातमा धैर्यता रहनेछ। लगानी गर्न हतार नगर्नुहोला। काम सामान्य रहनेछ। बोली व्यवहार प्रभावकारी रहनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन लाभदायी रहला। साथीभाईले प्राथमिकता दिनेछ। व्यवस्थापनमा जोड दिनुहोला। परिस्थिति नियन्त्रणमा रहनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

विभिन्न योजना अगाडि बढ्नेछ। आर्थिक सफलताले हौसला मिल्नेछ। प्रतियोगितामा उत्कृष्ट दिनुहुनेछ। सम्बन्धबाट लाभ मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

समय शुभ रहेको छ। व्यापार व्यवसायमा उत्साह बढ्नेछ। व्यावसायिक सम्बन्धमा सुधार आउनेछ। व्यवस्था राम्रो रहनेछ। योजनाले गति लिनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यक्तिगत मामिलामा व्यस्त रहनुहुनेछ। भविष्यका योजनाहरुले मूर्तरूप पाउनेछ। हतारोपन र अतिउत्साह नदेखाउनुहोला। परिस्थिति नियन्त्रणमा रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

जीवनसाथीले उल्लेखनीय उपलब्धी हासिल गर्नेछ। साझेदारीका काम सफल हुनेछन्। धार्मिक कार्यमा संलग्नता बढ्नेछ। सामूहिक भावनाले ओतप्रोत हुनुहुनेछ। सबै क्षेत्रमा सफलता पाउनुहुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

प्रलोभनमा नपर्नुहोला। आफ्नो बजेट अनुसार अगाडी बढ्नुहोला। उद्योग एवं वाणिज्य क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक मामिलामा लापरवाही नगर्नुहोस्।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१९:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजको राशिफल : यी राशिको खुल्दैछ भाग्यको द्वार, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?