वसन्त पञ्चमी हरेक माघ शुक्ल पञ्चमीका दिन मनाइन्छ । यस पटक बसन्तपञ्चमी माघ २३ गते आइतवार मनाइँदै छ । यस दिन विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरु हुन्छ। सन् २०२२ को वसन्त पञ्चमीको शुभ समय, पूजा विधि र महत्त्व बारे जान्नुहोस्।
यस वर्षको वसन्त पञ्चमी माघ २३ गते आइतवार परेको छ । यस दिन सरस्वती पुजा गर्नको लागि शुभ साइत शनिबार बिहान ४:०२ मिनेटमाबाट सुरु हुनेछ। । यस शुभ साइत तिथिको अनुसार भोलिपल्ट बिहान माग २३ गते आइतबार ४:०१ मिनेटमा समाप्त हुनेछ । शास्त्र अनुसार वसन्त पञ्चमीको पूजा सूर्योदयपछि र सूर्यास्तअघि गर्नु शुभ मानिन्छ ।
वसन्त पञ्चमी विद्या र ज्ञानकी देवीलाई प्रसन्न पार्ने विशेष मानिन्छ । यस दिन पूजाको समयमा पहेलो कपडा लगाउनु राम्रो मानिन्छ । यस दिन पूजाको समयमा पूर्व वा उत्तर दिशामा फर्केर पूजा सुरु गर्नुहोस् । त्यसपछि सरस्वतिलाई प्रसन्न पार्नको लागि चन्दन, अक्षयता, मिठाइ,दही, हलुवा आदिलाई प्रसादको रूपमा राख्नुपर्छ। पूजा गर्दा दाहिने हातले पूजा गर्नुपर्छ । पूजा सकिएपछि ‘ओम सरस्वत्याय नमः’ मन्त्रको जप गर्नुहोस्।
धार्मिक मान्यता अनुसार शुक्ल पक्षको पञ्चमीको दिन ब्रह्माको मुखबाट देवी सरस्वती प्रकट भएकी थिइन् । यही कारणले वसन्त पञ्चमीको दिन देवी सरस्वतीको पूजा गरिन्छ । यस दिन सरस्वति देवीको विधिवत् पूजा गर्नाले ज्ञान र विद्या आशीर्वादको रुपमा प्राप्त हुने जनविश्वास रहेको छ । त्यसतै वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ । वसन्त पञ्चमीको दिन शिक्षा वा कुनै नयाँ कार्यको लागि शुभ मानिन्छ। यस बाहेक यो दिनलाई गृह प्रवेशको लागि पनि शुभ मानिन्छ।