नेपाली चलिचत्र क्षेत्रमा फिल्म ‘कृ’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अदिति बुढाथोकी पछिल्लो समयमा अभिनय भन्दा पनि उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा अभिनेत्रीलाई केही म्युजिक भिडियोमा देखिने गरेकी छिन् । केही समय पहिले अदिति दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने खबरले निकै चर्चा पाएको थियो ।
अहिले अभिनेत्री अदिति नेपाली फिल्म ‘बाबरी’ देखिँदै छिन् । अहिले अभिनेत्री अदितिले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरेकी छिन् । अभिनेत्री अहिले भ्रमणको क्रममा गोवापुगेकी छिन् । गोवा पुगेर अभिनेत्री अदिति सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर पोस्ट गरेकी छिन् । तस्वीरमा देखिन सकिन्छ । अभिनेत्री समुन्द्र किनारमा बिकिनीमा देखिएकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा खासै स्थान पाउन नसके पनि अदितिको शैली हेर्दा कुनै चर्चित बलिउड अभिनेत्रीको भन्दा कम छैन । अहिले अदितिले बिकिनीमा सार्वजनिक गरेको तस्वीरलाई मानिस हरुले भारतीय मोडल उर्फी जावेद सँग तुलना गरेका छन् । केही मानिसले अदितिलाई भारतीय मोडलको नक्कल गरेको पनि भनेका छन् ।