यी ५ राशिका मानिसले कहिल्यै मान्दैनन् हार, मेहनत-बुद्धिमानीले बदल्छन् आफ्नो तक्दिर

काठमाडौँ : भनिन्छ, कडा मेहनत र हिम्मतले मानिसले आफ्नो भाग्य बदल्न सक्छन्। ज्योतिष शास्त्रको यो मान्यता कतिपय मानिसको जीवनमा एकदमै मेल खान्छ। यिनीहरु आफ्नो लक्ष्य पूरा गर्न दिलोज्यान दिएर लाग्छन्, चुनौतीहरूसँग फिटिक्कै डराउँदैनन् र आफ्नो कडा परिश्रमले आफ्नो भाग्य बनाउँछन्। यिनीहरुले जसरी भएपनि आफ्नो सपना पूरा गर्छन्। कुन राशिका मानिसहरुमा जुनसुकै परिस्थितिमा पनि जित्ने क्षमता हुन्छ त, जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातक धेरै मेहनती हुन्छन्। यिनीहरुको शब्दकोषमा थकान भन्ने शब्द नै भेट्टाईन्। साथै स्वभावमा यिनीहरु धेरै जिद्दी पनि हुन्छन्। यिनीहरु जे सोच्छन्, त्यो पूरा गरेरै छाड्छन्। यिनीहरुको लागि असम्भव भन्ने कुरै हुँदैन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकहरूले कडा परिश्रम गरेर मात्रै सफलता पाउँछन्। यस राशिका मानिसहरुले कहिल्यै कहिल्यै हार मान्दैनन् र सबै चुनौतीहरूका बाबजूद पनि आफ्नो लक्ष्य प्राप्त गर्न दृढ रहन्छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातक जन्मजात ऊर्जावान हुन्छन्। यिनीहरुले लगभग हरेक काममा सफलता पाउँछन्। तर यदि कुनै काममा सफल भएनन् भने यिनीहरु दृढ भएर लागिपर्छन् र सफलता हात नपारेसम्म विश्राम लिँदैनन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका जातकले मेहनतका साथै बौद्धिकताबाट सबै कुरा प्राप्त गर्छन्। यिनी भित्र जित्ने जुन जोश हुन्छ त्यसलाई  यिनलाई थाक्न दिँदैन्। यिनीहरुले आफ्नो दममा आफ्नो किस्मत बदल्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिको स्वामी शनि हो र यस राशिका जातक जन्मजात नै मेहनती र कर्मठ हुन्छन्। यिनीहरु भाग्यभन्दा बढी कर्ममा विश्वास गर्छन् र सधैँ कडा परिश्रम गर्छन्। यी राशिका जातकले आफ्नो मेहनतले उच्च पदमा आसिन हुन् पुग्छन्।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ ७ गतेको राशिफल : मिथुन, कर्कट र धनुसहित यी ४ राशिलाई धन लाभको योग, चम्किनेछ भाग्य