काठमाडौँ : आगामी जुन ५ देखि अक्टोबर २३ सम्म शनि उल्टो चालमा रहनेछन् । ४ राशिका मानिसका लागि यो समय निकै कष्टदायी साबित हुन सक्छ । आर्थिक तथा स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुनसक्छ ।
हिन्दु धर्ममा ग्रहहरुको राशि परिवर्तनलाई निकै विशेष मानिन्छ । त्यसै गरी ग्रहहरूको उल्टो चालको पनि विशेष महत्त्व छ। किनभने यसले सबै राशिमा शुभ-अशुभ असर गर्ने गर्दछ । त्यस्तै शनि देवले अप्रिल २९ मा राशि परिवर्तन गर्ने छन् भने ५ जुनबाट शनि उल्टो चाल चाल्न सुरु गर्नेछन् । शनिको उल्टो चालको अवधि पूर्ण १४१ दिनको हुनेछ र अक्टोबर २३ मा शनिले राशि परिवर्तन गर्नेछन् । जान्नुहोस् शनिको यस उल्टो चालमा कुन-कुन राशिलाई अशुभ हुनेछ ।
कर्कट राशि
शनिको उल्टो चालको कारण कर्कट राशिको मानिसले विभिन्न समस्याको समान गर्न पर्ने हुन्छ । कार्यस्थलमा कुनै पनि काममा सफलता पाउनको लागि कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । यस अवधिमा कुनै पनि नयाँ कामको थालनी नगर्नुहोस्। विवादमा फस्न सक्ने हुँदा यस अवधिमा कसैसँग झगडा नगर्नुहोस् स्वास्थ्यको ख्याल राख्नुहोला।
वृश्चिक राशि
यस समयमा वृश्चिक राशि भएका मानिसको स्वास्थ्यमा समस्या आउन सक्छ । काममा विभिन्न समस्या आउन सक्छ त्यसैले सावधान रहनुहोला । यस समयमा कुनै पनि काममा हतार नगर्नुहोला । ठगीमा परिन सकिन्छ । आर्थिक कारोबारमा सावधान रहनु होला ।
मकर राशि
शनिको उल्टो चालको कारण यस समयमा धेरै काममा कठिनाइको सामना गर्नु पर्ने हुन सक्छ । लगानी गरेको पैसा अड्किने सम्भावना छ । पैसाको लेनदेनमा सावधानी अपनाउनुहोला । सावधानीपूर्वक सवारी साधन चलाउनुहोस्। चोटपटक लाग्ने खतरा छ । नजिकका व्यक्तिसँगको सम्बन्ध बिग्रन सक्छ।
कुम्भ राशि
शनिको उल्टो चालको कारण यस राशिका व्यक्तिहरुले सबैभन्दा बढी समस्याको सामना गर्नु पर्न सक्छ। अचानक धन हानि हुने सम्भावना छ । विशेष व्यक्तिसँगको सम्बन्ध बिग्रन सक्छ। कार्यस्थलमा कुनै पनि काम सावधानीपूर्वक पूरा गर्नुहोला। स्वास्थ्यप्रति सचेत रहनुहोला ।